AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा आधारभुत पत्रकारिता तालिम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ बैशाख २०७४, शुक्रबार २०:२६
9
Shares
विराटनगर, १५ बैशाख / विराटनगर जेसीजको आयोजनामा विराटनगरमा पाँच दिने पत्रकारिता आधारभूत तालिम सुरु भएको छ ।
आजदेखि सुरु भएको तालिममा जेसीज तथा लियो क्लबसँग सम्बन्धित २० जना प्रतिनिधि सहभागी छन ।
औपचारिक कार्यक्रमबीच नेपाल पत्रकार महासंघ मोरङका उपसभापति कुमोद अधिकारी र विराटनगर जेसीजका पूर्वअध्यक्ष इन्द्रप्रकाश खेतानले संयुक्त रुपमा तालिम शुभारम्भ गरेका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै खेतानले जेसीज र सञ्चार माध्यमबीचको सहकार्यले नयाँ पुस्तालाई पत्रकारिताको विषयमा जानकारी दिन तालिम सहयोगी हुने विचार राखे । महासंघका उपाध्यक्ष कुमोद अधिकारीले अहिले आधुनिक पत्रकारितासँगै समाजका हरेक क्षेत्रमा मिडियाको पहुँच बढेको बताए ।
विराटनगर जेसीजका अध्यक्ष मिलन पौडेलले नेतृत्व विकासका लागि सक्रिय जेसीजले आफ्ना सदस्यलाई पत्रकारिताको अतिरिक्त ज्ञान दिन तालिमको आयोजना गरेको बताए । कार्यक्रममा प्रत्रकारिताबारे जेसी प्रदीप दाहालले प्रकाश पारे ।
तालिमको संयोजन पप्पु अन्सारीले गरेका छन् भने प्रशिक्षकमा पत्रकार कुमार लुइँटेल, नेत्र पी अधिकारी, लिला भट्टराई, चुमन बस्नेतलगायत गरेका छन् । तालिम पौरखी अभियान मिडिया प्रा.लि.को सहयोगमा आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर