RUMPUM
animated ellipse animated ellipse

“हेड ब्वाय” मा बराल र “हेड गर्ल” मा राउत विजयी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ बैशाख २०७४, शुक्रबार १६:३४
3
Shares
विराटनगर, १५ बैशाख / एभरेष्ट माध्यमिक विद्यालयले प्रजातान्त्रिक प्रणालीलाई आत्मसात् गर्दै “हेड ब्वाय” “हेड गर्ल” को पदको लागि आज चुनाव सम्पन्न गराएको छ ।
प्रतिस्पर्धात्मक रुपमा भएको चुनावमा “हेड ब्वाय” पदमा गौरव बराल र “हेड गर्ल” पदमा स्वेच्छा राउत विजयी भएका छन् । “हेड ब्वायका” लागि समीप पौडेल, सृजल श्रेष्ठ,गौरव बराल,रोहित पोख्रेल र “हेड गर्ल” का लागि संस्कृति कोइराला,सृष्टि भण्डारी,स्वेच्छा राउत, मुस्कान गुप्ताले उम्मेदवार दिएका थिए ।
आज भएको चुनावमा कक्षा ५ देखि कक्षा १० सम्मका १ हजार १ सय विद्यार्थीले मतदान गरेका थिए । विद्यालयले प्रत्येक वर्ष प्रजातान्त्रिक प्रणली मार्फत “हेड ब्वाय” र “हेड गर्ल” को चुनाव गराउदै विद्यार्थीहलाई प्रजातान्त्रिक परिपाटीको अभ्यास गराउँदै आएको विद्यालयका प्राचार्य टीकाराम पुरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर