गोपाल काफ्ले
पथरी, १३ बैशाख / मन र बिचार मिलेपछि विबाह गर्न न त जात ले रोक्छ न धर्मले । तर, हाम्रो सामाजिक संस्कार अझै पनि जात र धर्मका नाममा कसैको घरमा आगो लगाएको हेरिरहेको छ ।
बिएड तेस्रो तहमा पढदै गरेका दुई बहिरा न बोल्न सक्छन न कान सुन्न सक्छन । गत बर्ष २०७२ माघ ४ मा मोरङको पथरीशनिश्चरे १ का अनील खत्री र बेलबारी ४ की अप्सना खातुन बीचको प्रेम बिवाह भयो ।
अप्सनाको परिवारले विवाह भाड्न खोज्दा अनीलले अप्सनालाई आफ्नो घरमा बेहुली बनाएर भित्राउन समाजको मात्र होइन ,प्रहरी प्रशासनको पनि मद्दत लिनु परेको थियो । यति हुँदा हुँदै पनि बोल्न नसक्ने अनीललाई अमनचैन दिएनन ससुराली पक्षले ।
अनील र अप्सना दुबै समान खाले अपाङ्गता भएका ब्यक्ति हुन् । उनीहरू काठमाडौं स्थित नक्साल बहिरा स्कुलमा बिएड सँगै पढेका थिए । अनील र अप्सना हाल विएड तेस्रो वर्षमा अध्ययनरत छन् ।
आवाज बिहिन उनीहरूले २०७२ माघ १ गते झापाको कन्काई माईमा सँगै जिउने ,सँगै मर्ने कसम खाएका थिए । तर,उनीहरूको प्रेम यात्रामा धर्मको तगारो लागे पछि अनील र अप्सना संकटमा परे ।
२०७२ साल माघमा अप्सनाकी आमाले हिन्दु र मुसलमानको बिबाह हुनै सक्दैन भन्दै ४ दिन मै छुटाउने प्रयास गरेका थिए । तर तत्कालिन समयमा छुटाउन नसकेपनि केही समयपछि बिबाह टुटाएर धर्मको आड लिएर बाबु आमाले ठगिरहेको बताइएको छ ।
बाबु मोहम्मद खातुनले बेलबारी प्रहरीमा छोरी हराएको जाहेरी दर्ता गराएका थिए । सोही आधारमा पथरी इलाका प्रहरी कार्यालयमा केटा केटीलाई झिकाई एक आपसमा छलफल चलाउँदा केटा केटी दुबै पढे लेखेका भएका र राजी खुशी नै बिवाह गरेको बताए पछि प्रहरीले उनीहरूलाई कसैको दवावमा पनि छुटाउन नसकिने बताएको थियो ।
केटीका बाबु आमाले छोरी छुटाउने प्रयास गर्दा पनि छोरी छुटिन मानिन । पछी उनीहरुले सामाजिक चलन अनुसार साइत हेरी बिबाह गरेका थिए । साङ्केतिक भाषामा कुरा गदै उनीहरूले भगवान आएपनि छुटाउन नसक्ने प्रतिक्रिया दिएका थिए ।
अप्सनाका अनुसार उनीहरुले कापिका पानामा लेखेर नै ‘हामी धर्म वा जातको आडमा पवित्र प्रेमलाई तोड्न नसक्ने’ प्रतिक्रिया दिएका थिए । उनीहरूले धर्मलाई तोड्दै बिबाह गरेको बताएकी छन् । अनीलले र अप्सनाले आफूहरू हिन्दू र मुस्लिम भएको थाहा पाएरै बिवाह गरेको समेत बताएकी छन् ।
यता अनिलका बाबु ठम्बरबहादुर खत्रीले बुहारीलाई छोरी समान अवसर दिए र पालन पोषन गरेको बताउँछन् । तर असोज अन्तीम तिर सामान्य झगडामा भएर माईत गएकी बुहारीको नामबाट ४ दिन पछि अदालतबाट संबन्ध बिच्छेद र अंश मुद्धाको चिठी आएको थियो । झगडा पर्दा घरबाट मिलाउन धेरै प्रयास गरे पनि नसकेपछी बुहारीकी आमाले “२/४ दिनकालागी पठाईदीनु म सम्झाई बुझाई पठाउछु” भनेपछी अक्सनालाई माईत पढाएको खत्रि बताउछन ।
गत कार्तीक ४ मा हालेको मुद्धा खेप्दा केटाका बाबु ठम्बरबहादुर खत्रीले धेरै झमेला पाउनु पर्यो । अन्त्यमा २०७३ फागुनमा डाँगीहाट ४ मा रहेको १० धुर जग्गा र २ लाख नगदको चेक दिएर सम्बन्ध विच्छेद गरेका थिए ।
तर बुहारीलाई दिएको अंश माइती पक्षले खाएको उनको गुनासो छ ।
सम्बन्ध विच्छेद भएको २ महिना बित्न नपाउदै छोरीको सम्पती आफ्नो पारेपछि कुटपिट गरी घर निकाला गरेका थिए । बाबु आमाले घर निकाला गरेपछि पून उनी सम्बन्ध विच्छेद भएकै श्रीमानको घर पुगेकी छिन् । तर श्रीमानले उनलाई स्वीकार गर्न मानेनन् ।
आमा बुबाले कुटपिट गरी खेदाएको भन्दै उनले इलाका प्रहरी कार्यालय पथरीमा निबेदन दिएकी छिन् । “छोरा बुहारीको राम्रो संबन्ध थियो घरमा केही रोकतोक थिएन त्यही मौकाको फाईदा उठाउदै केटीका परिवारले संबन्ध बिगार्न लागे” केटाका बाबु खत्रीले भने ।
अक्सना बैशाख ११ गते बिहानै पथरी पूर्व श्रीमान अनिल खत्रीको घरमा आएकी थिइन । तर घर परिवार र अनिलले सम्पती लिएर कानुनी रुपमा संम्बन्ध बिच्छेद गरेको भन्दै स्वीकार गर्न मानेनन् ।
दुईदिन यता इलाका प्रहरी कार्यालयमा रहेकी अक्सनाको लागि न मानव अधिकारकर्मी न महिला संजालले सहयोग गरे । न्याय पाउने आसमा २ दिनदेखि ईलाका प्रहरी कार्यालय पथरीको सरणमा छिन ।
यता ईलाका प्रहरी कार्यालयका ईन्चार्ज राजन कार्कीले “कानुनी रुपमा सम्बन्ध बिच्छेद भएकाले अक्सनाको आमा बुबा बोलाएर जिम्मा लगनउनुको विकल्प नरहेको बताउँछन । आमा बुबालाई बोलाएपनि अझै नआएको उनको गुनासो छ ।