RUMPUM
animated ellipse animated ellipse

झिँगा आतङकले गाउँ नै प्रभावित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० बैशाख २०७४, आईतवार २१:१०
3
Shares
फाइल तस्वीर
विराटनगर, १० बैशाख / मोरङको सोराभाग ९ बेतौनाका बासिन्दाले गाउँमा फैलिएको झिँगा आतंकका कारण विस्थापित हुनु पर्ने अवस्था आएको गुनासो गरेका छन् । गाउँसँगै रहेको विराट पोल्ट्री फर्मको दुर्गन्धका कारण गाउँमा झिँगा आतंक फैलिएसँगै स्थानीय एक वर्षदेखि आजित भइरहेका छन् ।
फर्मले बेलैदेखि दुर्गन्ध र झिँगा नियन्त्रणमा चासो नदिदा स्थानीय बासिन्दा विस्थापित हुनु पर्ने अवस्था आएको विराट पोल्ट्री फर्म वातारण प्रदूषण तथा झिंगा उन्मुलन संघर्ष समितिकी सचिव इन्दिरा उप्रेतीले बताइन । ‘फर्मका कारण लामो समयदेखि गाउँमा झिँगा आतक फैलिएको छ । त्यही कारण स्थानीय बासिन्दा विस्थापित हुनु पर्ने अवस्था आएको छ,’ उनले भनिन्,‘ पाहुना आउन छाडेका छन् । ’ पाहुना आए पनि झिँगा भन्किएका कारण घरमा बनेका केही पनि खानेकुरा नखाईकन फर्कने गरेको उनको गुनासो गरिन । उनले झिँगाका कारण गाउँबाट विस्थापित हुनु पर्ने अवस्था आएको बताइन् ।
झिँगा नियन्त्रणका लागि सम्बन्धित पक्षसँग पटक पटक माग गरे पनि सुनुवाई नगरेको उप्रेतीले जानकारी दिइन । गाउँमा झिँगा नियन्त्रणको माग गर्दै स्थानीय बासिन्दा पोल्ट्री फर्म अगाडि धर्नामा बस्ने गरेका छन् ।
उनीहरुले दैनिक छ घण्टा धर्ना दिइरहेका छन् । फर्मका कारण उत्पन्न भएको दुर्गन्ध र झिँगाले हैरान बनाएपछि स्थानीय बासिन्दा संघर्ष समितिनै गठन गरेर आन्दोलनमा उत्रिएका हुन् ।
२२ विगाहा क्षेत्रफलमा फैलिएको फर्ममा नेपाल प्रहरीका पूर्व एआईजी भिष्म प्रसाई लगायत १७ जना हाई ‘प्रोफाइल’को लगानी छ । स्थानीय बासिन्दाको स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरी वातावरण प्रभाव मूल्याँकन समेत नगरिकन फर्म संचालित छ ।
प्रदूषण र झिँगा नियन्त्रण गरिनु पर्ने वा पोल्ट्री फर्म मानव वस्तीबाट टाढा सारिनु पर्ने स्थानीयको माग छ । मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाका अनुसार समास्या समाधानका लागि पहल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर