AArya
RUMPUM
animated ellipse animated ellipse

हिमालय दर्शनले गर्यो विद्यार्थीलाई विदाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० बैशाख २०७४, आईतवार १७:११
126
Shares
विराटनगर, १०  वैशाख / विराटनगर – ९(साविक–१४) मा रहेको हिमालय दर्शन कलेजले विविएस चौथो वर्ष परीक्षा दिएका विद्यार्थीहरुलाई आइतबार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ ।
कलेजमा अध्यनरत विविएस तेस्रो वर्षको विद्यार्थीको आयोजनामा चौथो बर्षको पहिलो ब्याचको १ सय ५ जना विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी बिदाई गरेको हो ।
विदाई समारोहमा कलेजका मुख्य निर्देशक शैलेन्द्र सीवाकोटी, कलेजका सञ्चाल भिम पराजुली, विविएस तेस्रो वर्षकी विद्यार्थी ममता न्यौपानेलगायतले मन्तव्य राख्दै कलेजले अझै शैक्षिक गुणस्तर विस्तार गरेर जाने भन्दै विदाई हुने विद्यार्थीलाई शुभकामना दिएर विदाई गरेका थिए । विदाई कार्यक्रमको सभापतित्व  क्याम्पस प्रमुख भरत सापकोटाले गरेका थिए ।
विदाइ हुने विद्यार्थी रुवी कर्ण,विक्रम मण्डल र लोमस निरौलाले कलेजमा वितेका अनुभव सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर