विराटनगरमा विषादी रहित प्राङगारिक सागसब्जीको बिक्री सुरु
पूर्वाञ्चल खबर
९ बैशाख २०७४, शनिबार १९:४६
3
Shares
विराटनगरमा विषादी रहित प्राङगारिक सागसब्जीको बिक्री सुरु भएको छ ।
उद्योग संगठन मोरङ महिला उद्यमी समिति र क्षेत्रीय कृषि निर्देशनालयको पहलमा प्रत्येक हप्ता शनिबारको दिन प्राङगारिक सागसब्जी बजार सुरु गरिएको हो ।
आज एक औपचारिक कार्यक्रमबीच उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्याय, कृषि निर्देशनालयका निर्देशक राजेन्द्र उप्रेतीले बजारको उद्घाटन गरेका थिए । विषादी रहित सागसब्जी उत्पादन गर्ने कृषकलाई प्रोत्साहन दिन प्राङगारिक सागसब्जी बजार सुरु गरिएको महिला उद्यम समितिकी सल्लहाकार प्रतिभा रिजालले बताइन् ।
गाउँघरमा प्राङगारिक सागसब्जी उत्पादन गर्ने कृषकलाई फाइदा पुर्याउन र उपभोक्तालाई समेत फाइदा पुगोस भनेर क्षेत्रीय कृषिल निर्देशनालयको पहलमा आफुहरुले बजार सुरु गरेको उनले बताइन् । उद्योग संगठन मोरङको प्राङ्गणमा सागसब्जी बिक्री गर्ने स्थल तोकिएको छ ।