AArya
RUMPUM
animated ellipse animated ellipse

मौन अवधिको पूर्वसन्ध्यानमा विराटनगरका एमालेको वृहत् र्यारी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ बैशाख २०७९, मंगलवार १९:५३
6.97k
Shares
वृहत् र्यारीमा उम्मेदवारलगायत सहभागि नेताहरु । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मौन अवधि शुरुको पूर्वसन्ध्यानमा नेकपा एमाले विराटनगरले वृहत् र्यारी निकालेको छ ।

आज विहान रोडशेषदेखि रानीसम्म र अपरान्ह पुष्पलाल चौकदेखि रोडशेषसम्म पार्टीका नेता कार्यकर्ता, समर्थक शुभचिन्तक र उम्मेदवारको सहभागिता रहेको र्यालीमा जनताको अपार समर्थन रहेको थियो ।

पार्टीका विराटनगर निर्वाचन परिचान कमिटीको संयोजक विनोद ढकालका अनुसार र्यालीका क्रममा चोक चोकमा उपस्थित भएका स्थानीयले र्यालीमा सहभागिहरूलाई हौसला प्रदान गरका थिए ।

मारवाडी समुदायको वाहुल्य बजारक्षेत्रका मतदाताहरूले यसपटकको निर्वाचनका माध्यमबाट महानगरको नेतृत्व एमालेलाई सुम्पने प्रतिवद्धता प्रकट गरेको संयोजक ढकालले जानकारी दिए । आफ्ना चुनावी नाराहरूका साथ पुष्पलाल चोकबाट शुरुभएको र्यालीको नेतृत्व पार्टीका केन्द्रीय नेताहरू गुरु बराल, विनोद ढकाल, पूर्वमेयर रमेशचन्द्र पौडेल, पार्टीका अन्य केन्द्रीय, प्रदेश र जिल्ला तहका नेताहरूले गरेका थिए ।

समृद्ध विराटनगर बनाउने सपना बोकेर पार्टीका तर्फबाट मेयर र उपमेयर उम्मेदवार बनेका सागर थापा र शिल्पा कार्की, वडाध्यक्ष तथा सदस्यका उम्मेदवारहरूले मतदाताहरूसँग भोट माग्दै गरेको र्याली अपरान्ह रोडशेषमा पुगेको कोण सभामा परिणत भएको थियो ।

औपचारिक रुपमा मतमाग्नका लागि तय गरिएको अन्तिम सभालाई सम्वोधन गर्दै पार्टी केन्द्रीय सदस्य विनोद ढकालले आज मध्येरातीबाट प्रचारको समय समाप्त भएपनि मतदातालाई भेटेर मत माग्न र मत सुरक्षाका लागि सचेत हुन आह्वान गरे ।

मौन अवधिमा मतदातालाई अवाञ्छित प्रलोभनमा पारेर विभिन्न व्यक्तिहरूबाट हुनसक्ने चलखेललाई दुरुत्साहन गरी एमालेको पक्षमा देखिएको जनउभारलाई मतदानसम्म पु¥याउन सकियो भने एमालेको जीत सुनिश्चित भएको संयोजक ढकालको तर्क थियो ।

सभालाई मेयरका प्रत्यासी सागर थापाले विराटनगरको यसपटकको निर्वाचनलाई महाभारतको युद्धको संज्ञा दिँदै सो युद्धमा जसरी पाण्डपक्षको विजय भयो त्यसरी नै एमालेको विजय हुने धारणा राखे ।

उपमेयरकी उम्मेदवार शिल्पा कार्कीले जसरी छोरीको कन्यादानका लागि सुयोग्य वरको चाहाना र कामना हुन्छ, त्यसरी नै छोरीरुपी विराटनगर महानगरले पनि सुयोग्य नेतृत्व खोजेकोछ, यो सुयोग्यता एमालेका उम्मेदवारहरूमा भएकोले सुर्यमा मतदान गरी बिजयी बनाई दिन सम्पूर्ण महानगरवासी मतदाहरूलाई अनुरोध गरिन । तस्वीरहरु पुष्पराज थपलिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर