विराटनगर, ८ बैशाख / जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरिक्षक ढुण्डीराज गिरी चैत्र महिनाको पुलिस अफ दी मन्थ घोषित भएका छन् ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले प्रहरी निरिक्षक गिरीलाई २०७३ चैत्र महिनाका पुलिस अफ दि मन्थबाट सम्मान गरेको हो । पुर्व क्षेत्रिय प्रहरी कार्यालय विराटनगरले हरेक महिना उत्कृष्ट काम गर्ने एक जना नेपाल प्रहरीलाई पुलीस अफ दी मन्थले सम्मान गर्दै आएको छ ।
झापा जिल्लाको ट्राफिक व्यवस्थापन र सवारी दुर्घटनामा मुख्य भुमिका निर्वाह गर्दै सवारी दुर्घटना न्यूनिकरण गर्ने जनचेतनामुलक होर्डिङ वोर्ड राख्ने,फलामे ट्रष्ट बृज, बस पकेट, ट्रक पार्किङ, विर्तामोडको मुख्य बजारहरूमा २ सय भन्दाबढी डिभाईडरहरू निर्माण गर्नेलगायतका कार्य गरेको भन्दै गिरिलाई पुलिस अफ दि मन्थले सम्मान गरेको हो ।