RUMPUM
animated ellipse animated ellipse

 सिद्धिचरण नगरपालिका नेपालकै नमूना नगर वनाउँछु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ बैशाख २०७४, सोमबार १९:२४
3
Shares
राजनीति देशको मेरुदण्ड हो । यसलाई मर्यादित र अनुशासित वनाउन सके मुलुक समृद्धि र विकासतर्फ अग्रसर हुन्छ भन्ने विचारवाट प्रशिक्षित भई आफ्नो जिवन राजनीतिमा सर्मपण गरेका ओखलढुंगा सदरमुकाम निवासी युवा नेता विनोदकुमार केसी नेविसंघ ओखलढुंगाको दुई कार्यकाल जिल्ला सभापति हुदै केन्द्रीय सदस्यको भुमिकामा २०५९ सालदेखि लगातार ०६२/०६३ को आन्दोलनको नेतृृत्व सम्हाल्नु भई नेपाली कांग्रेसको केन्द्रीय श्रमिक विभाग सदस्य,ओखलढुंगा नगर विकास समितिको अध्यक्ष भैसक्नुभएको छ । वर्तमान स्थानिय तहमा धेरै काम र जिम्मेवारी छन् त्यसका लागि सुजवुझसहितको साहसिक नेतृत्व चाहिन्छ । आफ्नो गाँउ ठाउँ कस्तो वनाउने भन्ने कुरा यो निर्वाचनवाट चुनिने नेतृत्वको सोच् र चिन्तनवाट निर्देशित हुने हुँदा यो जोखिमपुर्ण कार्यलाई अवसरको रुपमा लिदै नगरको विकास निर्माणमा आफ्नो ल्याकतले भ्याएसम्म जनतालाई परिवर्तनको आभास मिल्ने गरि काम गर्न आगामी स्थानिय तहको निर्वाचनमा सिद्धिचरण नगरपालिका ओखलढुंगाको मेयर पदका उम्मेदवारको आकांक्षी केसीसंगको संक्षिप्त कुराकानी
सिद्धिचरण नगरपालिका प्रमुखमा तपाईको उम्मेदवारी किन ?
ओखलढुंगा जिल्ला सदरमुकाममा रहेको नगरपालिकाको क्षेत्र दुधकोशीदेखि सगरमाथाको दृष्य देखिने जन्तरढापसम्मको भु–भाग ओगटेको हुँदा ज्यादै ठुलो र असाध्यै सुन्दर छ । यस जैविक विविधताले भरिपुर्ण भु–भागलाई योजनावद्ध तवरवाट विकास गर्नका लागि “मास्टर प्लान” वनाउन जरुरी छ । फरक फरक प्रकारका जमिन र मौसम अनि विभिन्न जातजाति, भेष भुषा, र संस्कृति भएका कारण ठाऊ विशेष अनुरुप योजना वनाउनु पर्छ । यसका लागि दृढ इच्छाशक्ति र संकल्प प्रमृुख कुरा हो । यसमा अवसर र चुनौती दुवै वरावरी छन् ,आफ्नो ठाँउ सुन्दर वनाउन कालान्तरसम्म टिक्ने दिर्घकालिन योजनाहरु प्रमुख हुन आउछ । आउने सन्ततिको भविष्यलाई केन्द्र विन्दुमा राखि आफ्नो जन्मभुमिप्रति गौरव गर्ने र नगरवासिहरुलाई सुख सुविधा दिलाउने योजनाहरु हामि संग प्रशस्त भएकोले यसलाई कार्यान्वयन गराउनको लागि उम्मेद्वारको ईच्छा राखेको छु । नगरपालिकाको विकासलाई हिडाउने मात्र नभई दौडाउने इच्छा छ ।
तपाई नगरविकास समितिको अध्यक्ष हुँदा कार्यकाल कस्तो रह्यो ?
नगर विकास समितिलाई वजेटको व्यवस्था नहुदा नहुदै पनि नगरलाई व्यवस्थित वस्ति विकास गर्नको जथाभावि गरिदै आएको जग्गा प्लटिङ्गलाई नगर विकास तथा नगरपालिकाको स्वीकृत लिएर मात्र गर्ने र घडेरी खरिदकर्तालाई समेत स्वीकृत घडेरीहरुमात्र खरिद गर्न नेविसको वैठकमा निर्णय गरि सार्वजनिक सुचना जारि गरियो । नगरपार्कको लागि जग्गा छनौट गरि निर्माणका लागि आवश्यक वजेट व्यवस्थापन गरियो । वसपार्क निर्माणका लागि कार्य अगाडि बढाइयो । वाटाघाटा, पहिरो, खानेपानी,पार्क,उद्यान जस्ता कामहरु सुरु गरियो । ओखलढुंगा नगर विकासको क्षेत्र तत्कालिन ओखलढुंगा गाविस मात्र रहेको र कार्यकाल छोटो भएकोले अपेक्षाकृत कार्य अधुरै रहे । तर नगर विकास समितिको इज्जत र प्रतिष्ठा रहने कार्य मेरो कार्यकालमा भयो ।
तपाइलाई पार्टीले उम्मेद्वारी वनाउँछ ?
हाल नगरपालिकाको क्षेत्रभित्रका सवैवडा घुमेर पार्टीका साथिहरुको भेटघाटमा तपाई युवाहरुले नेतृत्व लिनुपर्छ भन्ने चौतर्फी कुरा आएको छ, अझ ने.वि.संघको नेतृत्वमा रहँदा र नगर विकास समितिमा रहेर गरेको कामले साथिहरुले नगरपालिकाको विकासका लागि उम्मेद्वार वन्नै पर्छ भनेका छन् । हामिले अग्रजहरुलाई वुढा भन्दै गर्दा हामिलाई पनि वुढा भन्ने जमात आउदै छन् । मलाई विश्वास छ पार्टीले पनि उम्मेदवारी वनाउला ।
नेपाली कांग्रेस पार्टीमा गुटै गुट छन् भनिन्छ नि ?
यो गुट भन्ने कुरा नेपाली कांग्रेसमा मात्र हैन सवै राजनीति दलमा छन् । तर मेरो विषय अलिक पृथक रह्यो “म विना गुटको”  किनकी नेपाली कांग्रेसको १२ औ र १३ औ अधिवेशनमा सवैले गुट खडा गरि उम्मेदवारी दिए म एक्लै अर्थात विना गुट जिल्लामा उम्मेदवारी दिएँ । सदैव गुटवन्दि गरि पार्टीचाहि कमजोर पारी आफु जित्नेहरु पनि यहि धर्तिमा छन् ,हामि पनि यहिँ । २०५९ सालदेखि लगातार ०६२/०६३ सम्मको लामो आन्दोलनमा सक्रिय सहभागि पनि यहि छौं, आन्दोलन टेलिभिजन, पत्रिकाको फोटो र समाचारवाट थाहा पाउने पनि अहिले भुमिकामा छन् । खराव नेताको आचरणको असर पार्टीमा पर्छ, पार्टीको असर लोकतन्त्रमा पर्छ, लोकतन्त्रमा पर्ने असर जनतामा पर्छ तसर्थ म सदैव गुटवन्दी गर्नेहरुको खिलाफमा छु । यदि ओखलढुंगा नेपाली कांग्रेसमा गुटबन्दी छैन भन्ने सन्देश दिने हो भने हामिलाई टिकट दिदा आम मानिसमा यसको सकारात्मक प्रभाव पर्छ ।
तपाईको विचारमा राजनीति भनेको के हो ?
राजनीति भनेको सदैव जनतालाई केन्द्रविन्दुमा राखेर कार्य गर्ने नीति हो । राजनीति रहर र लहडमा गरिने सजिलो विषय हुदै होइन । १०४ वर्षे जहानिया राणा शासन, ३० वर्षे पच्चायति व्यवस्था समाप्त गरि आजको यो स्वतन्त्रता ल्याउन हाम्रा धेरै अग्रजहरुले जिवन सर्मपण गरे,कैयौका सिन्दुर पुछिए, कैँयौका काख रित्तिए, कैयौ वालवच्चा टुहुरा भए । तर ति कठोर दिनहरुको सामान्य जानकारी समेत नभएका भुईफुट्टाहरुले राजनीतिलाई कमाउने दर्विलो माध्यम वनाएका छन् । अपराध गर्ने र जोगिने ठाँउ राजनीतिलाई वनाएका छन्, त्यहि अपराधवाट आर्जित धनलाई निर्वाचनमा प्रयोग गरि सत्ता र शक्ति आफ्नो हातमा लिएका छन्,यस्तो कार्यले राजनीतिजस्तो पवित्र कर्मप्रति वदनाम हुनुका साथै आज आमजनमानसमा राजनीतिप्रतिनै वितृष्णा फैलदै छ । यसो हुनु हाम्रो दुर्भाग्य हो यस्तो घृणित कार्यलाई अवपनि रोक्न सकिएन भने हाम्रो यो पुस्तालाई भावी पुस्ताले धिक्कार्ने छ । अघिल्लो पुस्ताले रगत वगायो त्यसको उपलव्धिको उपभोग हामी गर्दैछौ । हाम्रो पुस्ताले अलिकति मेहनत गरेर पसिना मात्र वगायौ भने पनि आउने पुस्ताले गौरव गर्छ यो अवसरलाई नगुमाउन र सानो स्वार्थमा नअल्मलिन सवै युवाहरुमा अनुरोध गर्दै पैसाका लागि मरिहत्ते गर्दै सरकारी गैह्सरकारी संस्थाहरुमा जागिर खाने र आफ्ना श्रीमति, छोराछोरीको सुख–सयलमा आधा भन्दा वढि उमेर विताउनेहरुले आफ्नो निवृत्त समयमा समाज रुपान्तरणको लागि कार्य गर्छुभन्नु र पत्याउनु हास्यासपद मात्र हुन आउछ ,हामिले राजनीतिप्रति गुमेको साखलाई उकास्नु छ ।
नगरपालिकाको प्रमुख हुनु भयो भने प्राथमिकताका विषयहरु के के हुन सक्छन् ?
सर्वप्रथम त नगरको विकासमा चासो र चिन्तन गर्ने सवै नगरवासिहरुको भेला गरि राय सुझाव लिई विज्ञ टोलिमार्फत नगरपालिकाका क्षेत्रभित्रको गुरुयोजना सोहि गुरुयोजना मुताविक कृषि,पर्यटन,शिक्षा,स्वास्थ्य,शुद्ध खानेपानि,होटल तथा रिसोर्ट,मनोरञ्जनका ठोस,व्यवस्थित कार्यक्रम अन्र्तगत आम्दानी र रोजगारिको अवसर सृजना गरिने छ । व्यवस्थित नमुना वस्ति विकास गरि नगरलाई सफा र सुन्दर वनाउन सकिन्छ । थाम डाँडाँ र लगलगे डाँडाँमा भ्यु टावर निर्माण गर्ने साथै नजिकै रहेको सेप्ली झरनालाई पर्यटकको आर्कषणको केन्द्रविन्दु वनाउन सकिन्छ । नजिकैको हलेसि महादेवस्थान र सोलुखुम्वु गाडीको मार्गवाट जाने पर्यटकहरुलाई ओखलढुंगामा विभिन्न कार्यक्रम मार्फत आर्कषण गर्न सकिन्छ । रुम्जाटारको गुरुङ्ग वस्तीमा होमस्टे,विगुटार,सल्लेरी र वर्णालुलाई तरकारीको पकेट क्षेत्र वनाई विउ मल र वजारको व्यवस्था न.पा. ले गर्ने,व्यावसायिक पशुपालन साथै लोपोन्मुख भेडा र चौरी पालन तथा जडिवुटी उत्पादन,प्रशोधन र व्यवस्थापन गर्ने । तलुवाको फेदमा रहेको दुधकोशि र जन्तरखानी डाँडाँमा रहेको हिउँ र लालीगुराँश (माछा देखि चौरीगाइसम्म) रहेको भु–भागले नगरपालिका आत्मनिर्भर बन्न सक्छ यो सव पुरा हुने र सम्भावना रहेका योजनाहरु हुन् ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
वर्तमान स्थानिय तहमा यति धेरै जिम्मेवारी छन् तिनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न र जनतालाई सो अनुरुपको सेवा प्रदान गर्न सवै कुरा त्यागेर काम गर्दा मात्र सम्भव छ । मात्र निर्वाचन जित्नका लागि पैसा खर्च गर्न सक्ने योग्यता भएका तर राजनीतिक चेतना र इच्छाशक्ति शुन्य भएकाहरुवाट काम हुन गाहे छ । पैसाको प्रभावले निर्वाचित जनप्रतिनीधिहरुवाट जनतालाइ ठुलो धोका हुने छ । २०४६ सालको परिवर्तन पश्चात २०४९ को स्थानिय निकायको निर्वाचनमा नेपाली कांग्रेसले चुनाव जित्ने आशमा अधिकांश पुराना पञ्चहरुलाई उम्मेदवार वनायो तर उनीहरुको काम गर्ने शैली पुरानै भएकाले परिवर्तनको आभास जनतामा पुग्न सकेन । ०५४ को स्थानिय निकायको निर्वाचनमा नेपाली कांग्रेस र एमालेवाट धेरै युवाहरुले चुनाव त जिते तर कार्यकाल सकिना साथ अधिकांश अवसरको खोजिमा दौडिए, राजनीतिमा अडिरहन सकेनन् यसले गर्दा राजनीतिमा युवा आर्कषणलाई घटाउन मद्दत पु¥यायो । राजनीति बेरोजगारहरुको कमाइ खाने भाँडो पक्कै पनि हैन जनतालाइ निस्वार्थ सेवा गर्ने थलो हो । त्यसैले यो निर्वाचन आफु र आफ्नो सन्ततीको भाग्य रेखा कोर्ने राजमार्ग भएको हुँदा सवैले सजगतापुर्वक सोच्नुहुन र सधै अरुलाई गाली गर्नुभन्दा आफ्नो नगर आफै वनाउन कम्मर कसेर जुट्न पनि हार्दिक अपिल गर्दै नववर्ष २०७४ ले सवै नेपालीलाई काम गर्न सक्ने सक्षम, योग्य व्यक्तिको छनौट गरि सत्मार्गमा लाग्ने प्रेरणा मिलोस् शुभ–कामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर