AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एकै चरणमा निर्वाचन हुनु पर्छ–कोइराला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ बैशाख २०७४, आईतवार १८:५०
3
Shares
फाइल तस्वीर
विराटनगर, ३ बैशाख / नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले मधेशी मोर्चालाई सहमतीमा ल्याएर एकै चरणमा निर्वाचन हुनु पर्ने वताए ।
विराटनगरमा आज संचारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले हिमाल , पहाड सवैतिर निर्वाचनको माहौल वन्दै गएकाले मधेशी मोर्चालाई पनि निर्वाचनमा सहभागी हुने गरी वातावरण तयार गर्न सरकारसँग आग्रह गरे ।
नेता कोइरालाले मधेशी मोर्चालाई निर्वाचनमा सहभागी गराउने नेतृत्वदायी भुमिका अव नेपाली कांग्रेसले गर्नु पर्ने उल्लेख गरे । कांग्रेस सवै भन्दा ठूलो पार्टी भएकाले सहमती कायम गर्ने दायित्व पनि कांग्रेसको रहेको उनले वताए ।
पछिल्लो चरणमा सरकारले ल्याएको संविधान संशोधन प्रस्तावलाई मधेशी मोर्चाले स्वीकार नगरेको अवस्थामा अव कांग्रेसले नेतृत्वदायी भुमिका निर्वाह गरेर सहमती कायम गर्नु पर्ने उनको भनाई थियो । दुई नम्वर प्रदेशलाई थाती राखेर निर्वाचन गरिए मुलुकमा भयावह स्थिति सृजना हुन सक्ने बताए ।
सिमांकंनको विषयलाई शक्तिशाली आयोग वनाएर टङ्ुग्याउने गरी मोर्चासंग सहमती कायम गरेर निर्वाचनमा सहभागी हुने वतावरण वनाउनु पर्ने उनको भनाई थियो । मधेशी मोर्चाले पनि देशको विकास र निकासका लागि एककदम अगाडि बढ्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर