AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

तोकिएकै समयमा चुनाब गर्नु पर्छ-राष्ट्रपति भण्डारी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ बैशाख २०७४, शुक्रबार २२:३६
3
Shares
फाइल तस्वीर
विराटचौक, १ बैशाख / राष्ट्रपति बिद्यादेवी भण्डारीले दलहरुको सहमतिमा तोकिएकै समयमा स्थानिय निकायको चुनाब गर्नु पर्ने बताइन् । सवै दलहरु सहमतिमा आई मतदान गर्न पाउने नागरिकको अधिकार उपयोग गर्न दिलाउनु पर्ने उनको भनाइ थियो ।
मोरङको सुन्दर हरैचामा रहेको सुकुना बहुमुखी क्याम्पसको रजत महोत्सबलाई आज सम्बोधन गदै राष्ट्रपति भण्डारीले सबै दल सहमतिमा आई कोहि पनि मतदान गर्नबाट बन्चित नहुने बाताबरण बनाउन पनि आग्रह गरीन् । उनले देशमा जनताले शान्ति र बिकास खोजेको भन्दै सबैदल सहमतिमा आउने हो भने बिकासले समेत अग्रता लिने समेत धारणा राखीन् ।
पुर्ब क्षेत्रत्रको बिकास सुस्त भएको भन्दै राष्ट्रपति भण्डारीले बिकास निर्माणलाई अगाडि बढाउन समेत आग्रह गरीन् । शैक्षिक क्षेत्रमा उदाहरण बनेको पुर्वका क्याम्पसहरु अहिले खच्कीने अवस्थामा पुगेको भन्दै उनले चिन्ता समेत व्यक्त गरीन् ।
कार्यक्रममा नेकपा एमालेका महासचिब ईश्वर पोख्रेलले स्थानिय निकायको चुनाब हुन नदिन केहि शक्तिले चलखेल गरी रहेको धारणा राखे । यस्तै नेपालि काग्रेसकी नेतृ सुजता कोईरालाले सबैदल सहमतिमा आएर स्थानिय तहको चुनाब गर्नु पर्ने बताइन् । बिश्व बिद्यालय अनुदान आयोगवाट प्राप्त गुणस्तर सुनिश्चितता तथा प्रत्ययन प्राप्त सो क्याम्पसको रजत महोत्सब सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर