सिद्धान्तलाई अविलम्बन गरे वैज्ञानिक वनको प्रभावकारी बढ्ने
खबर पूर्वाञ्चल
१ बैशाख २०७४, शुक्रबार १८:३३
3
Shares
विराटनगर, १ वैशाख / वैज्ञानिक वन व्यवस्थापन सिद्धान्तलाई अविलम्बन गर्न सके यसको प्रभावकारी बढने एक कार्यक्रममा सरोकारवालाहरुले बताएका छन् ।
नेपाल पत्रकार मञ्च मोरङको आयोजना तथा लोहन्द्रा केराबारी साझेदारी वन समूहको सहयोगमा मोरङको बेलबारीमा भएको वैज्ञानिक वन व्यवस्थापन सम्बन्धी सञ्चारकर्मीहरुसँगको अन्तक्रिया कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै ईलाका वन कार्यालय मंगलबारेका डिएफु विश्वराज पन्डितले सरकारले सुरु गरेको बैज्ञानिक वन व्यवस्थापन आजको आवश्यकता भएको हुनाले यसको विकासको लागि निजी क्षेत्रको सहयोग र भुमिका आवश्यक रहेका बताए ।
वैज्ञानिक वन व्यवस्थापन गर्न उपभोक्तादेखी सबै क्षेत्रको साथ सहयोग पाउन सके यसको प्रभावकारी बढ्ने उनको भनाई थियो । उनका अनुसार मोरङमा २४ वटा सामुदायिक वन र ३ वटा साझेदारी वनमा वैज्ञानिक वन व्यवस्थान सुरु भएको जानकारी दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य गणेश लम्सालले दिगो वन व्यवस्थापन गर्न सरकारले वैज्ञानिक वन व्यवस्थापनको अवधारण ल्याएको हुनाले यसमा सबैको साथ सहयोग चाहिएको बताए । उनले वैज्ञानिक वन व्यवस्थानको लागि सञ्चाकर्मीहरुले रचनात्मक भूमिका निर्वाह गनुपर्नेमा जोड दिनुभयो । अनिल श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा मोहन भट्टराईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।