खबर पूर्वाञ्चल
१ करोड ४० लाख रूपैयाँ लगानीमा सुविधा सम्पन्न ड्राभिइङ स्कुल संचालनमा आएको हो ।
प्रदेश १ भरीको सबैभन्दा ठूलो ड्राभिइङ सेन्टर रहेको दाबी गरिएको उक्त ड्राइभिङ स्कुलको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले शुभराम्भ गरे ।
दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले विराटनगरमा १ बिगहा १४ कठ्ठा क्षेत्रफल ड्राइभिङ स्कुल संचालनमा ल्याउको सिइओ शिव श्रेष्ठले जानकारी दिए । सीप सिकेर स्वरोजगार बनाउनुको साथै देशमा दक्ष सवारी चालक उत्पादन गर्ने उद्देश्य अनुरूप फराकिलो क्षेत्रसफलमा ड्राइभिङ स्कुल संचालनमा आएको उनले बताए । विराटनगरमा खोलेको ड्राइभिंङ स्कुल नेपालकै सबै भन्दा ठुलो रहेको समेत उनको दाबी छ ।
ड्राइभिंङ स्कुलबाट सेवाग्राहीले स्कुटर, मोटसाईकल, लाईट गाडी, ट्याक्टर, हेभ्भी गाडी सिक्न सक्ने गरि संचालनमा ल्याएको छ । ड्राइभिंङ स्कुलमा सेवाग्रहीले दैनिक घन्टा , महिना र पुरा कोर्ष गरी तीन प्रकारको सेवा लिन सकिने छ । ड्राभिङ स्कुलमा आएर सेवाग्राहीले मोटरसाईकल घन्टाको ५ सय, १ महिनाको ४५ सय र पुरा कोर्ष पुरा गरेको १० हजार शुल्क लाग्नेछ । यस्तै हलुका सवारी साधन सिकेको घण्टाको २ हजार, मासिक १५ हजार र कोर्ष पुरा गरेको ३० हजार रुपैयाँ शुल्क लाग्ने संचालक सुमन मङग्रान्तीले बताए । यसैगरि हेब्बीको प्रतिघण्टा ३ हजार र कोष पुरा गरेको ४० हजार रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ ।
सुनसरीको ईटहरी र मोरङको सुन्दरहरैचामा सफलता पूर्वक संचालनमा रहेको यस ड्राइभिंङ स्कुलको विराटनगर तेस्रो शाखा हो । सुरुमा आउने सेवाग्राहीलाई १५ प्रतिशत सम्म छुट दिएको ड्राइभिंग स्कुलले जनाएको छ ।
कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिका प्रमुख कोइरालाले निजी स्थरबाट संचालनमा आएको ड्राइभिङ सेन्टरहरूले दक्ष जनशिक्ति उत्पादनमा ठूलो सहयोग पु¥याउने गरेको बताए ।
तपाईको प्रतिक्रिया