AArya
RUMPUM
animated ellipse animated ellipse

सुनसरीकोे कोसी गाउँपालिकामा भीषण आगलागी, ४३ घर जलेर नष्ट

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ चैत्र २०७३, बिहीबार १७:२७
3
Shares
फाइल तस्वीर
अर्जुन सुबेदी
इटहरी, ३१ चैत्र / सुनसरीकोे कोसी गाउँपालिका–५ को मलदैयाटोलमा भीषण आगलागी भएको छ । आगलागीबाट ४३ घर जलेर नस्ट भएका छन् ।
स्थानीय नजरुल मियाँको घरबाट आज दिउँसो आगलागी सुरु भएको थियो । मियाँको घरबाट सल्केको आगो बस्तीमा फैलिएपछि मुसलमान टोलका ४३ घर जलेर नस्ट भएको सुनसरीका प्रहरी नायब उपरिक्षक प्रबिन धितालले जानकारी दिए । आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक प्रविण धितालको नेतृत्वमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । दुइ घण्टा पछी आगो नियन्त्रणमा आएको धितालले जानकारी दिए ।
इनरुवा, विराटनगर र राजविराजबाट दमकल ल्याएर आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगोलागीको कारण भने खुल्न सकेको छैन । क्षतिको बिवरण संकलन भैरहेको धितालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर