AArya
RUMPUM
animated ellipse animated ellipse

कान्तिपुरको वार्षिक उत्सव सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० चैत्र २०७३, बुधबार १६:५८
3
Shares
विराटनगर, ३० चैत / विराटनगर – १० मा रहेको कान्तिपुर माध्यामिक स्कूलले वार्षिक उत्सव मनाएको छ ।
स्कूलले विराटनगरको विरेन्द्र सभागृहमा आज विविद्य कार्यक्रम गरी मनाएको हो । स्कूलले आन्तरीक परीक्षा तथा आन्तरीक खेलकुदमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।
विद्यार्थीहरुले नृत्य, गायन, नाटकलगायत विभिन्न कार्यक्रम गरी वार्षिक उत्सवमा उपस्थीत अतिथी तथा अभिभावकलाई दिनभर मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि मोरङ जिल्ला शिक्षा कार्यालयका उप जिल्ला  शिक्षा अधिकारी राजकुमार थापा, स्कुलका सञ्चालकद्वय प्रो. डा. तेजनारायण मण्डल र कैलाश केसी, स्कूलका भुवाइस प्रिन्सिपल रोशन राजवंशी,स्कुलका प्रिन्सिपल खुशीराज श्रेष्ठलगायतले बोलेका थिए । कान्तिपुर एजुकेशन फाउण्डेशनका अध्यक्ष जनक अधिकारीको सभापतित्वमा वार्षिक उत्सव सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालक स्कुलका सञ्चालक भुवन नेपालले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर