AArya
RUMPUM
animated ellipse animated ellipse

जेष्ठ नागरिकहरुले सार्वजनिक सवारीमा सहुलियत पाउन सकेनन्

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ चैत्र २०७३, मंगलवार १७:३४
3
Shares
विराटनगर, २९ चैत / सार्वजनिक सवारी साधनहरुमा सरकारले व्यवस्था गरे अनुसारको सहुलियत पाउन नसकेको जेष्ठ नागरिकहरुले गुनासो गरेका छन् ।
केही सार्वजनिकका साधनवाहेक अधिकांशले जेष्ठ नागरिकका लागि छुट्टै सिटको समेत व्यवस्था नगरेको उनीहरुको भनाई छ । महिला तथा बाल बालिका कार्यालय मोरङले आज विराटनगरको आयोजना गरेको जेष्ठ नागरिक हक अधिकार र यातायात व्यवसायीको भूमिका विषयक अन्र्तक्रियामा सहभागि जेष्ठ नागरिकहरुले सो कुरा बताएका हुन ।
जेष्ठ नागरिक जिल्ला संघ मोरङका अध्यक्ष जगतप्रसाद अज्र्यालले जेष्ठ नागरिकहरुले दवाव मुलक कार्यक्रम गर्न नसक्ने हुँदा संवन्धित निकायले ऐन कार्यन्वयनमा जोड दिए । जेष्ठ नागरिक क्लव सुन्दर हरैचाका सचिव सत्यनारायण चौधरीले जेष्ठ नागरिक देख्ने वित्तिकै गाडी नरोक्ने गरेको बताए । जेष्ठ नागरिकलाई विद्यार्थी जस्तो व्यवहार गर्ने गरेको उनको भनाई छ ।
जेष्ठ नागरिक हकहित संरक्षण मञ्चका डिल्ली पोखरेलले परिचय पत्र अनुसार सहुलियत नपाएको गुनासो गरे । उनले भने छुट माग्दा उल्टै यातायातका कर्मचारीले‘हामीलाई सरकारले दिन्छ भन्छन् ।’ जेष्ठ नागरिक संघका मणि अज्र्यालले बढी भीड भाड हुने सार्वजनिक कार्यालयमा जेष्ठ नागरिक हेल्प डेक्स राख्न आग्रह गरे ।
सामथ्र्य समाज विराटनगरका कार्यकारी निर्देशक विमल वस्नेतले अपाङ्गता भएकाहरुलाई बोक्नु पर्छ भनेर गाडी नरोक्ने गरेको बताए । उनले भने,‘ सार्वजनिक सवारीमा बोल्न सक्ने अपाङ्गता भएकाहरुलाई मात्र छुट दिने गरेका छन् ।’ प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले ऐन कार्यन्वयमा प्रतिवद्ध रहेको बताए । उनले भीडभाड हुने सरकारी कार्यालयमा जेष्ठ नागरिकका लागि हेल्प डेक्स राख्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिने बताए ।
सगरमाथा यातायातका प्रवन्धक निर्देशक राजकुमार पाण्डेले परिचयपत्र वाहेक जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने प्रतिवद्धता जनाए । महिला तथा बालबालिका कार्यालयकी प्रमुख महिला विकास अधिकृत दुर्गा वरालका अनुसार मोरङमा १ लाख वढी जेष्ठ नागरिक रहेका छन् ।
कार्यालयले हरेक महिनाको ४ र १९ गते जेष्ठ नागरिक परिचय पत्र वितरण गर्ने गरेको उनले बताए । कार्यालयले जेष्ठ नागरिकका लागि अन्तर पुस्ता कार्यक्रम, सचेतनामुलक कार्यक्रम गर्दे आएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर