ताप्लेजुङ ,२८ चैत /पाँचथरको हिलिहाँङ गाउँपालीका–७ (साविककोसुबाङ गाविस(२) नजिकैको जंगलबाट सल्किएको आगो गाउँमा पस्दा ८ घर जलेर नष्ट भएको छ ।
आज दिउँसो एक बजे सिर्वानी दोभानबाट सल्किएको आगो नजिकैको गाउँमा पस्दा आठ घर जलेर नस्ट भएको पाँचथर प्रहरीले बताएको छ ।
आगलागीबाट स्थानीय ईन्द्रबहादुर पन्दाक, राजकुमार पन्दाक, चन्द्र चापागाईलगायतका घर जलेर नष्ट भएको पाँचथरका प्रहरी प्रमुख डिएसपी नकुल पोख्रेलले जानकारी दिए ।
आगलागिबाट के कती क्षेती भएको विवरण संकलन गर्ने काम भईरहेको डिएसपी पोख्रेलले बताए । अचानक जंगलबाट सल्किएको आगोले ठुलो रुप लिदा नजिकै रहेको घरमा आगो सल्किएको र हावा हुरी चलिरहेकाले नियन्त्रणमा समस्या भएको डिएसपि पोख्रेलको जानकारी दिए ।
आगो नियन्त्रणका लागि सदरमुकाम फुङ्लिङसहित जोरपोखरीबाट नेपाली सेना, ससस्त्र र नेपाल प्रहरीको टोली घटना स्थलमा पुगेको छ ।
आगलागी भएको स्थानमा दमकल लैजान सक्ने सडक नभएकाले आगो नियन्त्रणमा समस्या ताप्लेजुङ प्रहरीको भनाई छ । आगो जंगलबाट सल्किएकाले कसले सल्काएको भन्ने जानकारी नभएको स्थानीयले बताएका छन् ।