RUMPUM
animated ellipse animated ellipse

आयोजकले चुम्यो क्रिकेटको उपाधि

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ चैत्र २०७३, सोमबार २१:०५
3
Shares
रबिन्द्र बराल
रंगेली,२८ चैत / अमरदहमा जारी नक आउट टि–२० क्रिकेट टुनामेन्टको उपाधि आयोजक अमरदह युवा क्लबले हात पारेको छ ।
आज भएको फाईनल खेलमा आयोजकले कर्सिया क्रिकेट टिमलाई ४ विकेटले पराजित गरी उपाधिमाथि कब्जा गरेको हो । उपाधिसँगै आयोजकले नगद ३५ हजार र उप–विजेता कर्सियाले नगद २० हजार प्रमाणपत्र ,सिल्ड र मेडल हात पारेको छ ।
टस जितेर ब्याटिङ गरेको कर्सियाले निर्धारित २० ओभरको खेलमा १९ ओभर खेल्दै सवै विकेट गुमाउँदै ९३ रनको सामान्य योगफल तयार पारेको थियो । उसको लागि जितुले १५ रन बनाएका थिए । आयोजक सन्दिप ढुंगाना र बिद्यान गोस्वामिले समान २ विकेट लिएका थिए ।
जवाफमा ९४ रनको विजय लक्ष्य पछ्याएको आयोजकले १६ ओभरमा ६ विकेट गुमाइ लक्ष्य पार गरेको थियोे । आयोजकका सतिस यादवले ३५ रन र श्रवण यादवले २५ रनको योगदान दिएका थिए । कर्सियाका फिरदोस अन्सारीले सर्वाधिक ३ विकेट लिएका थिए ।
फाइनल खेलको म्यान अफ फाइनल आयोजकका सन्दिप ढुंगाना म्यान अफ सिरीज आयोजकका मुकुन्द यादव उत्कृष्ट बलर आयोजकका श्रवण यादव र उत्कृष्ट ब्याटिङ आयोजकका सन्दिप चौधरी घोषित भएका थिए ।
चैत्र १५ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल भारत गरि १६ वटा टिमको सहभागीता रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर