खबर पूर्वाञ्चल
२७ चैत्र २०७३, आईतवार १८:२६
बिराटनगर, २७ चैत / विराटनगर उपमहनगर पालिका वडा नम्बर १ मा रहेको शंखरपुर सामुदायिक भवनमा केही आमाहरु र केही बालिकाहरु एउटै हलमा तालिममा सहभागि छन् ।
स्कुलले बालिकाहरु पनि यो हलमा जम्मा भएका छन् भने त्यो सँगै आमा र हजुर आमाहरु पनि सँगसँगै । यो तालिम लिईरहेको बिषय थियो बालबिवाह तथा दाईजो प्रथाको अन्त्य गर्नुपर्छ । आमाहरु भन्छन् छोरीहरु सानै उमेरमा भाग्छ तर छोरी नातिनिहरु भन्छन् सानै उमेरमा बुवा आमाले सानै उमेरमा विवाह गराउनु हुन्छ ।
बालबिवाह तथा दाईजो प्रथाको अन्त्य विरुद्धको सचेतना मुलक कार्यक्रम आज देखि बिराटनगरको शंखरपुरमा शुरु भएको छ । बिराटनगर १ मा रहेको फुलवारी आमा समुहको आयोजनामा स्थानीय महिलाहरुको सहभागितामा सचेतना मुलक कार्यक्रमको आयोजना गरिएको हो ।
बाल विवाह र दाईजोको कारण तराईमा विकृती बढ्दै गएको तथा आमाहरु असुरक्षित हुँदै जान थालेपछि बिराटनगर उपमहानगरपालिकाको सहयोगमा गाउँगाउँमा सचेतना मुलक कार्यक्रम गर्दै आएकोे छ ।स्थानीय बिराटनगरमा १का बिपन्न र आथिक अबस्था कमजोर भएका परिवारका आमा र छोरीहरुलाई कार्यक्रममा बोलाईएको फुलवारी आमा समुहकी अध्यक्ष दुर्गा रिजाल आचार्यले बताउनुभयो ।\
उद्घाटन कार्यक्रममा बिराटनगर उपमहानगरपालिकाका बालबालिका शाखा प्रमुख डिल्ली धिमाल, महिला नगर समन्वय समितिका उपाध्यक्ष शारदा मैनाली, सामजसेवी लिला रिजाल, आमा समुहका कोषाध्यक्ष चेत कुमारी पोखरेल लगायतले बाल विवाह नै दाईजोको मुख्य समस्याको रुपमा रहेको औल्याएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?