AArya
RUMPUM
animated ellipse animated ellipse

सरकार इतिहासकै लाचार = गच्छदार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ चैत्र २०७३, बिहीबार २१:१६
3
Shares
फाइल तस्वीर
विराटनगर, २४ चैत ÷ तीन पार्टी मिलाएर बनेको नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले अहिलेको सरकार इतिहासकै लाचार भएको आरोप लगाएका छन् । आज विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै अध्यक्ष गच्छदारले सवै भन्दा लाचार सरकार र त्यसका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि लाचार भएको वताए ।
उनले इतिहासमा अहिले सम्म प्रधानमन्त्री वाहिर जादा कामु प्रम नभएको अबस्था कहिल्यौ सिर्जना नभएको भन्दै त्यती सानो कुरा पनि ब्यवस्थापन गर्न नसक्नुले सरकार र प्रधानमन्त्री दुबै लाचार भएको बताए ।
उनले मधेसी मोर्चाका शिर्ष नेताहरु कुनै अडान नभएको नेता भएको समेत टिप्पणी गरे । उनले मधेशी मोर्चाका नेताहरु वाहिर एउटा कुरा गर्ने तर भित्रै आफ्नो फाइदा हेर्ने बताए। अध्यक्ष गच्छदारले भने —‘ राजेन्द्र महतोले मधेसमा मात्र सरकारसंग वर्ता गर्ने भनेर ठुलो ठुलो स्वरले भन्ने तर सरकारको एक फोन आउदा धोती सुर्केर वालुवाटार पुग्ने के कुरा गर्नु यस्ता मधेसवादी दलका नेताको।’
उनले उपेन्द्रं यादवपनि चुनाव वहिरष्कार गर्ने ठुल ठुला कुरा गर्ने तर भित्र भित्रै उमेद्वारको तयारी गरेको भन्दै मोर्चाका नेताहरुको वोली र गराइमा फरक भएको बताए। उहाले आफु स्पष्ट वोल्ने भन्दै मधेशी मोर्चाका नेतासंग आफ्नो तुलना नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर