AArya
RUMPUM
animated ellipse animated ellipse

कोरियाली नागरिकको सम्मानमा नाटक मञ्चन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ चैत्र २०७३, बुधबार १९:४१
3
Shares
विराटनगर, २३ चैत / दक्षिण कोरियाबाट आएका अतिथिहरुको सम्मानमा आज मोरङको झोराहाटमा नाटक देखाइएको छ ।
झोराहाट नाट्य समूहले भरत गुरागाईंद्वारा लिखित पर्खाल नाटक देखाएको हो । नेपाल भ्रमणमा क्रममा कोरियाली नागरिकहरु झोराहाट आएका हुन् । उनीहरुलाई लक्षित गरेर पर्खाल नाटक देखाइएको निर्देशक प्रयाग न्यौपानेले जानकारी दिए । नाटकमा भरत गुरागाई., प्रयाग न्यौपाने, ओमप्रसाद निरौला, सुरेश कार्की, अनु श्रेष्ठ, निराशा ढुंगेल, सञ्जु पराजुली, सुदीप कार्की, सविन कोइराला, पशुपति लुइँटेल, अनिल सरदार, प्रदीप सरदार, नामहाङ लावती, कविता पौडेल, खुसी सरदार, मनिषा बराल, सुरज माझी, मनोज तिम्सिना, प्रज्वल काफ्ले, सौगात लुइँटेललगायतका कलाकारहरुले अभिनय गरेका थिए ।
उनीहरुलाई नेपाली टोली र माला लगाएर स्वागत गरिएको थियो । नाटक हेर्न विराटनगरसहित झोराहाट आसपासका क्षेत्रका दर्शकको बाक्लो उपस्थिति रहेको थियो । उक्त नाटक एक महिनाअघि पनि दुई हप्ता मञ्चन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर