AArya
RUMPUM
animated ellipse animated ellipse

पहिलो दिन विराटनगरको चार स्कूल बिजयी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ चैत्र २०७३, बुधबार १७:४९
3
Shares
विराटनगर, २३ चैत / प्रथम अन्तर विद्यालय स्तरीय शिक्षक रिफ्रेसमेन्ट फुटसल प्रतियोगिता सुरु भएको छ ।
सुसाङ्ख्य नेपालको आयोजनामा विराटनगरमा रहेको हिट्स एण्ड ह्याङ्ग आउटको खेल मैदानमा प्रतियोगितामा आजदेखि सुरु भएको हो ।
उद्घाटन खेलमा चार वटा स्कूल विजयी भइ क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।  प्रतियोगिताको पहिलो खेलमा पोल–स्टार बोर्डिङ स्कूलले अर्किड स्कूललाई ७–२ गोलको अन्तराले पराजित गरी पोल–स्टार स्कूल क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
दोस्रो खेलमा श्रीराम बोर्डिङ स्कूलले ए–वान क्वालीटि स्कूललाई ५–१ गोलको अन्तरले पराजित गरी श्रीराम स्कूल क्वाटरफाइनलमा प्रवेश ग¥र्यो ।
तेस्रो खेलमा अपर्ण स्कूलले प्यारागन स्कूललाई २–१ गोलले पराजित गरी अपर्ण क्वाटरफाइनलमा प्रवेश गरेको हो । चौथो खेलमा आइडलले भगवतीलाई ३–१ गोलको अन्तरले पराजित गरी आईडल स्कूल क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
चैत २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन एन्फाका केन्द्रीय उपाध्यक्ष सन्तोष बानियाँले गरेका थिए । तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा विराटनगरको १६ निजी स्कूलका शिक्षकहरुको सहभागिता रहेको नेपालको अध्यक्ष प्रवेश दुलालले जानकारी दिए ।
वार्षिक परीक्षा सकेर बसेका स्कूलका शिक्षकहरुलाई रिफ्रेस बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिताको बिहीबारको पहिलो खेल यूनिक र के.एफ.ऐ., दोस्रो खेल राईजिङ्ग र पूर्वाञ्चल बिच प्रतिस्पर्धा आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर