सुन्दर हरैचामा श्रीमदभागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञ सुरु
खबर पूर्वाञ्चल
२३ चैत्र २०७३, बुधबार १६:२६
3
Shares
सुन्दर हरैचा, २३ चैत्र / मोरङको सुन्दर हरैचा २ स्थित जोगियारेमा श्रीमदभागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।
निर्णाधिन बिष्णु मन्दिर निर्माणार्थ आजबाट सुरु भएको महायज्ञको मोरङ क्षेत्र नम्बर ८ का सांसद चण्डीप्रसाद राइले उद्धघाटन गरेका छन् ।
पुरानको पूर्वसन्ध्यामा बिहान शोभा कलश यात्रा निकालिएको छ । कलश यात्राले हरैचा बजार परिक्रमा गरेको थियो । चैत्र २९ गते सम्म चल्ने महायज्ञमा १९ बर्षीय युवा कथावाचक पण्डित लक्ष्मण पौडेल शास्त्रीले कथा वाचन गर्नेछन् । त्यस्तै उपवाचकमा युवा पण्डित माधव मिश्र शास्त्री रहेका श्रीमदभागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ प्रचार प्रसार उपसमितीका संयोजक लीलानाथ गच्छदारले जानकारी दिए ।
मोरङको सुन्दर हरैचा २ मा रहेको जोगियारेलाइ धार्मिक पर्यटनका हिसावले समेत चिनाउन श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञ सुरु गरिएको आयोजक समितीका अध्यक्ष नन्द माझीले बताए ।
यसका साथै धार्मिक पर्यटनको प्रवद्र्धनका लागि साथै अधुरो रहेको बिष्णु मन्दिरको निर्माण पुरा गर्न महायज्ञबाट रकम जुटाइने उनले बताए । महायज्ञबाट २० लाख रुपैयाँ बराबरको दान संकलन हुने अपेक्षा राखिएको छ ।