AArya
RUMPUM
animated ellipse animated ellipse

माओबादी केन्द्रबाट उर्लाबारीको मेयरमा पौडेलको सम्भावना

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ चैत्र २०७३, बुधबार १६:१५
3
Shares
उर्लाबारी, २३ चैत / बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मेयर, अध्यक्षका उम्मेद्वार छनौट गर्न राजनीतिक दलहरुलाई निकै चुनौति देखिएको छ ।
२० बर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा धेरै आकांक्षीहरु देखिएपछि कसलाई उम्मेद्वार बनाउने भन्ने बिषय नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओबादी केन्द्रलाई निकै टाउको दुखाईको बिषय बनिरहेको छ । यसै सन्दर्भमा उर्लाबारी नगरपालिकामा पनि सोही समस्या देखिएको छ ।
तेस्रो शक्तिका रुपमा रहेको नेकपा माओबादी केन्द्रमा छ जना मेयरका आकांक्षी देखिएका छन् । नेकपा माओबादी उर्लाबारी नगरइन्चार्ज तथा केन्द्रीय सदस्य राजेन्द्र पौडेल, तोर्ण श्रेष्ठ, चेतराज श्रेष्ठ, हिरालाल देवकोटा, पदम धिमाल ‘पात्रे’ र योगेन्द्र डाँगीको नाममा जिल्ला पार्टी कार्यालय मोरङमा पुगिसकेको छ । यी छ जनामध्ये पौडेलको नाम अग्रपंक्तिमा छ ।
उर्लाबारी नगर अध्यक्षको जिम्मेवारी पूरा गर्दै विभिन्न माओबादीबीचको एकतापछि बनेको माओबादी केन्द्रको इन्चार्ज बनेका पौडेल कुशल नेताका रुपमा चित्रण गरिन्छ । उनलाई मेयरको टिकट दिएको खण्डमा उर्लाबारीमा माओबादीको माहोल राम्रो बन्ने एक कार्यकर्ता बताउँछन् । उनलाई टिकट दिन नहुने पक्षमा पार्टी्भित्रका केही नेताहरु लागेका छन् भने अन्य पार्टीहरुले पनि उकास्ने काम गरिरहेका छन् । पौडेल मेयरको उम्मेद्वार बन्दा धेरै मत ल्याउने विपक्षीहरुको बुझाई छ ।
‘उर्लाबारी, राजघाट, मधुमल्ला–७,८ र ९ मिलेर बनेको उर्लाबारी नगरपालिकामा माओबादी पनि सशक्त दाबेदार बन्न सक्छ’ एक स्थानीय नेताले भने–‘पार्टीले उम्मेद्वार कसलाई बनाउँछ भन्नेमा पनि भर पर्छ ।’ माओबादीले अन्य साना पार्टीलाई विश्वासमा लिएर अघि बढे उर्लाबारीमा प्रतिष्पर्धी बन्न सक्ने सम्भावना देखिन्छ ।
वडा नं. ५ मा पौडल वडाध्यक्षको उम्मेद्वार
उर्लाबारी नगरपालिका वडा नं. ५ मा लोकनाथ पौडेललाई सर्वसम्मत रुपमा वडाध्यक्षको उम्मेद्वार बनाउने भएको छ । उर्लाबारी नगर कमिटी सदस्यसमेत रहेका पौडेल सर्वसम्मत रुपमा वडाध्यक्ष उम्मेद्वार बनाउने भएको हो । आम जनताको सर्वोत्तम हितमा काम गर्नका लागि आफूले वडाध्यक्षमा उम्मेद्वारी दिन लागेको पौडेलको भनाई छ । स्पष्ट ब्यक्तिको पहिचान बनाउन सफल बनेका पौडेल आफू सदैब सत्यको पक्षमा रहेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर