AArya
RUMPUM
animated ellipse animated ellipse

ऐन संसोधन नसच्यार्ईए कडा आन्दोलन– निर्माण व्यवसायी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ चैत्र २०७३, मंगलवार १७:३७
3
Shares
विराटनगर, २२ चैत / निर्माण व्यवसायी संघ मोरङले सार्वजनिक खरिद नियामावली २०६४ मा भएको पाचौ संसोधनको विरोध जनाएको छ ।
आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी संघले सो नियामावलीमा विरोध जनाएको हो । २०७३ साल फागुन २६ गते नेपाल सरकारले सार्वजनिक खरिद नियमावली २०६४ संसोधन गरी उपभोक्ता समितीवाट गरिने निर्माण कार्यको हद ६० लाख देखि वृद्धी गरी १ करोड पुर्याएको र निर्माण कार्य गर्दा उपभोक्ता समुदायले ठुला औजार पनि प्रयोग गर्न सक्ने संसोधनमा व्यवस्था गरेकोले त्यसको घोर आपत्ती गर्दै सच्याउन निर्माण व्यवसायी संघले माग गरेको छ ।
यहि अवस्थामा निर्माण व्यवसायीहरुले काम गर्न नसक्ने अवस्था भएकाले सच्याउन माग गरेका छन् । उक्त ऐन संसोधन नसच्यार्ईए कडा आन्दोलनमा उत्रिने निर्माण व्यवसायी संघ मोरङका अध्यक्ष सन्तोष ढुङगानाले वताए । वैसाख ७ गते काठमाडौमा हुन लागेको निर्माण व्यवसायी महासंघको राष्ट्रिय भेलाले आन्दोलनका कार्यक्रमहरु घोषण गर्ने जनाएको छ ।
संघले आजै जिल्ला प्रसासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत वुझाएको छ । पत्रकार सम्मेलनमा निर्माण व्यवसायी दिपेन्द्र काकी , कोषप्रसाद उपाध्यायलगायतले संसोधन सच्याउन माग गरेका छन् । देश भर जम्मा १२ हजार व्यवसायी रहेकोमा १० हजार साना व्यवसायी रहेको कार्यक्रममा जानकारी दिइएको थियो ।
उनिहरुले १ करोड भन्दा कम लागतमा काम गर्ने हुँदा सवै व्यवसायीहरु पलायन हुने अवस्था आएकोले आजैदेखि देश भर दवाव तथा विरोधका कार्यक्रम गर्ने ढुङगानाले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर