RUMPUM
animated ellipse animated ellipse

अधिकारीलाई सहकारी पत्रकारिता पुरस्कार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ चैत्र २०७३, शनिबार २०:३७
3
Shares
विराटनगर, १९ चैत / ६० औं सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ लिमिटेड मोरङले विराटनगरका पत्रकार नेत्र पी अधिकारीलाई पुरस्कृत गर्ने भएको छ ।
चैत्र २० गते विराटचोकमा विशेष कार्यक्रमको आयोजना गरि सहकारी पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय भएको जिल्ला सहकारी संघ लिमिटेड मोरङका अध्यक्ष डिल्ली पोखरेलले जानकारी दिए । पुरस्कारको राशी ५ हजार १ सय रहेको उनले बताए । पत्रकार अधिकारी वीएफएमका समाचार संयोजक हुन ।
जिल्ला सहकारी संघले हरेक वर्ष सहकारी संघको स्थापना दिवसको अवसरमा एक जना पत्रकारलाई सहकारी पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर