AArya
RUMPUM
animated ellipse animated ellipse

अर्किड कलेजले नव निर्मित भवनको उद्घाटन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ चैत्र २०७३, शनिबार १६:१८
3
Shares
विराटनगर, १९ चैत/ विराटनगरमा रहेको अर्किड कलेजले नव निर्मित भवनको उदघाटन गरेको छ ।
आज एक कार्यक्रमका विच हिसानका केन्द्रीय अध्यक्ष रमेशकुमार सिलवाल र हिसानका केन्द्रीय निर्देशक समितीका सदस्य डा. माधव बरालले भवनको उदघाटन गरेका थिए ।
करिव ३ कठ्ठा क्षेत्रफमा तीन तल्ले भवन बनेको उदघाटन भएको हो ।
भवन निर्माणमा करिब ३ करोड खर्च लागेको कलेजका अध्यक्ष सिएम रिजालले जानकारी दिए ।

सोहि अवसरमा कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुलाई पनि विदाइ गरेको छ । विज्ञान तथा व्यवस्थापक संकायका अध्ययरत ४ सय ५० विद्यार्थीहरुलाई विदाई गरेको हो ।
विदाई कार्यक्रममा उच्च माविले लिएका परीक्षामा विज्ञान संकायमा कलेज प्रथम हुने निश्मा गुरागाई तथा व्यवस्थान संकायमा कलेज प्रथम हुने रोशन थापा, मिस कलेज प्रिन्सेसमा फस्ट रनर अफ भएकी सजिना लामालगायत कलेजका उत्कृष्ट विद्यार्थीहरुलाई नगद सहित सम्मान गरेको थियो ।
कार्यक्रममा हिसानका केन्द्रीय अध्यक्ष रमेशकुमार सिलवाल र हिसानका केन्द्रीय निर्देशक समितीका सदस्य डा. माधव बराल, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, कलेजका प्रिन्सिपल दिपेश बास्तोला, सप्तकोशी स्कूलका प्रिन्सिपल यूवराज अधिकारी, एलेलिया स्कूलका प्रिन्सिपल सेवक बजगाई कलेजका निर्देशक राजन दत्त र प्रा.डा. ईन्दुशेखर झालले बालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर