AArya
RUMPUM
animated ellipse animated ellipse

सहकारी दिवस मोटरसाइकल ¥याली

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ चैत्र २०७३, शुक्रबार २०:३४
3
Shares
विराटनगर,१८ चैत /६० औं सहकारी दिवसको पूर्व सन्ध्यामा आज विराटनगरमा मोटरसाइकल ¥याली प्रदर्शन गरिएको छ ।
जिल्ला सहकारी संघको आयोजनामा आज रोडशेष चौकबाट बृहत मोटरसाइकल ¥याली निकालिएको हो । रोडशेष चौकदेखि निकालिएको ¥याली ट्राफिक चौकबाट, हस्पीटल चौक, जिल्ला प्रशासन कार्यालयबाट मेन रोड हुदै पुन रोडशेषमा पुगेर समापन गरिएको थियो ।
¥याली अघि आयोजना गरिएको कार्यक्रममा डिभिजन सककारी कार्यालयका प्रमुख गोपी घिमिरेले देशको आर्थिक विकासमा सहकारीले महत्वपुर्ण भुमिका खेलेको बताउँदै सहकारीको गुणात्मक विकासमा जोड दिनु पर्ने बताए । त्यस्तै मोरङ जिल्ला सहकारी संघका अध्यक्ष डिल्ली पोखरले सहकारीको सहयोग बिना देशको कुनै पनि क्षेत्रको विकास असम्भव रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर