AArya
RUMPUM
animated ellipse animated ellipse

शिक्षक संघमा पुन कोइराला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ चैत्र २०७३, मंगलवार २२:२४
3
Shares
विराटनगर,१५ चैत/ नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघको आठौ जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा पून ऋषिकेष कोइराला निर्वाचित भएका छन् । कोइरालाले दिपक यादवलाई भारी मत अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

अधिवेशनमा शेरबहादुर देउवा र डा. शेखर कोइराला पक्षकाले दुई प्यानल बनाएर उठेका थिए । तर कोइराला पक्षको प्यानल नै पराजित भएको छ । आज भएको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष कोइरालाले १२४९ र उनका पं्रतिद्धन्धी यादवले ६५४ मत ल्याएका थिए ।

उपाध्यक्षमा शिवराज कोइराला र मालती राजवंशी विजय भए । कोइरालाले राजेन्द्र घिमिरेलाई पराजित गरेका थिए । भने राजवंशीले रेखा पराजुलीलाई पराजित गरेकी थिइन ।

सचिवमा सुकदेव मण्डल विजयी भए । त्यस्तै अर्थ सचिव विनोदकुमार यादव विजयी भए । महिला सहसचिवमा झुमा गौतम र सहसचिव अर्थमा अनुराधा राय निर्वाचन भए । सहसचिव समावेशीमा अनिलकुमार चौधरी र अरविन्द कुमार यादव तथा सहसचिव खुल्लामा विशेश्वरप्रसाद चौधरी विजय भए ।

त्यसैगरी महिला सदस्यमा निशा श्रेष्ठ, मञ्जु पाण्डे र कमला पाठक तथा खुल्ला सदस्यमा दिलकुमार राई, दिलकुमार राई, कृष्णप्रसाद खतिवडा र बाबुकाजी थापा विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर