उर्लाबारी, १३ चैत स्थानीय निर्वाचनलाई लक्षित गरेर नेकपा एमाले ले आफ्नो संगठनलाई चुस्त बनाउने कार्यलाई तीब्र बनाएको छ ।
नयाँ संरचना अनुरुपका गाउँपालिका र नगरपालिकामा संगठन कमिटी निर्माण गरि प्रशिक्षणका कार्यलाई अघि बडाएको क्षेत्र न. ९ का सह– ईन्चार्ज पुष्प ढकालले जानकारि दिए । उत्तरी मोरङ को रमितेखोला , टाँडी र मधुमल्ला गाबिस मिलाएर बनाईएको मिक्लाजुङ गाउँपालिकामा एमाले मोरङ सदस्य नरेन्द्र ढुंङेलको सम्योजक, देबि आचार्य सह–सम्योजक ,बुद्धिमान लिम्बू सचिव र डिकमान राई सह–सचिव रहेकोे समिति निर्माण गरिएको छ ।
जाते र भोगटेनी मिलाएर बनाईएको लेटाङ नगरमा भुपेन्द्र लावती सम्योजक ,उपेन्द्र घिमिरे सह–सम्योजक ,डिल्ली बिक सचिव र बालकुमार श्रेष्ठ सह–सचिव रहेको कमिटी गठन गरिएको छ ।
यस्तै राजघाट र मधुमल्लाको ७,८र ९वार्ड मिलाएर बनाईएको उर्लाबारी नगरमा एमाले मोरङ सदस्य अग्नि भट्टराई सम्योजक र मोरङ सदस्य मिना पौडेल सह–सम्योजक रहेको ६१ सदस्यीय संगठन गरिएको छ ।
कमिटी निर्माण गरेसगै भेला बैठक र प्रशिक्षणका कार्यक्रम सञ्चालन गरिएको छ ।