AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरबाटै सेयरको कारोबार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ चैत्र २०७३, आईतवार २१:१०
3
Shares
विराटनगर, १३ चैत / क्रिष्टल कञ्चनजंघा सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ५०)ले आजदेखि विराटनगरमा शाखा विस्तार गरेको छ ।
प्रालिको शाखा विस्तारसँगै अब विराटनगरबाटै सेयरको खरिद बिक्री सुरु भएको छ । विराटनगर मेनरोडस्थित अतिथि सदन नजिक कार्यालय स्थापना गरी कारोबार सुरु गरेको अध्यक्ष प्रियराज रेग्मीले बताए । पुँजी बजारसँग सम्बन्धित ग्राहकलाई स्थानीयस्तरमै सेवा उपलब्ध गराउनु शाखाको उद्देश्य रहेको उनको भनाइ थियो ।
“पूर्वका लगानीकर्ताहरूले शाखाबाट धितोपत्रको दोस्रो बजारमा सहजै प्रवेश पाउनेछन्,” रेग्मीले भने, “स्थानीय ग्राहकलाई स्थानीयस्तरबाटै सेवा गर्न शाखा विस्तार गरिएको हो ।”
त्यस्तै प्रालिले आजैदेखि नै नेपालगञ्ज, बुटवल, नारायणगढ, बनेपा र विर्तामोडबाट पनि काराबोर सुरु गरेको छ । यसभन्दा पहिलेदेखि नै ९ वटा कम्पनीको शाखाहरू उपत्यकाभन्दा बाहिरका सहरहरूमा सञ्चालनमा थिए । आशयपत्र प्राप्त गरिसकेका अन्य व्यवसायीहरूले शाखा सञ्चालनका लागि पूर्वाधार तयार गर्ने कार्य गरिरहेका छन् ।
निकट भविष्यमा अन्य सहरहरूबाट कारोबार सुचारु हुने जनाइएको छ । उनका अनुसार नेपालमा हाल ५० वटा धितोपत्र दलाल व्यवसायीहरू कार्यरत छन् । स्टक एक्सचेञ्जले दिएको एक व्यवसायीलाई एक शाखा सञ्चालन अनुमतिबाट अब देशका विभिन्न १८ सहरहरूमा दलाल व्यवसायीको शाखा सञ्चालनमा आउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर