AArya
RUMPUM
animated ellipse animated ellipse

पूर्वाञ्चल र गौतमबुद्धद्वारा विद्यार्थीलाई विदाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ चैत्र २०७३, शनिबार १५:५९
3
Shares
विराटनगर, १२ चैत / विराटनगरमा रहेको पूर्वाञ्चल विद्या सदन सेकेन्डेरी वोर्डिङ स्कूल र गौतम बुद्ध स्कूलले माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा दिएका कक्षा १० का विद्यार्थीहरुलाई विदाई गरेको छ ।
दुवै स्कूलले आज एक कार्यक्रम आयोजना गरी छुट्टा छुटै रुपमा विदाई गरेको हो । पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कूले ९ औं ब्याचका २३ जना विद्यार्थीलाई विदाई गरेको छ । विदाई विद्यार्थीहरुलाई स्कूलका अध्यक्ष भरत सापकोटा, स्कूलका प्रिन्सिपल अर्जुन श्रेष्ठ, स्कूलका शिक्षक तथा शिक्षिकाहरुले अविर, माला लगाएर र मायाको चिनो दिएर विदाई गरेका थिए ।
त्यसैगरी गौतम बुद्ध स्कूलले पनि माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा दिने ५३ जना विद्यार्थीलाई विदाई गरेको छ । स्कूलका प्रिन्सिपल केशवलाल सिंह सुवालले विदाई गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर