खबर पूर्वाञ्चल
असार १० गते दिउँसो खेत जोतेर बाटोमा निस्किँदै गरेको प्रदेश १-०२-००३ त २८५६ नम्बरको ट्याक्टरले को. ३९ प ३९३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रंगेली १ का ३२ वर्षीय केदार न्यौपानेलाई उपचारका लागि रंगेली अस्पताल पुर्याउँदा मृत्यु भएको हो।
मोटरसाइकल पछाडि सवार ४१ वर्षीय राजन भट्टराईको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ। ठक्कर दिने ट्याक्टरका चालक रंगेली ८ का ३० वर्षीय जिवन ताजपुरियालाई ट्याक्टरसहित इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ।