संशोधन प्रस्ताब पारित भए मोर्चा निर्वाचन जाने- ठाकुर
पूर्वाञ्चल खबर
१२ चैत्र २०७३, शनिबार १५:५७
3
Shares
फाइल तस्वीर
विराटनर, १२ चैत/ तराई मधेश लोकतान्त्रीक पार्टीका अध्यक्ष महन्त ठाकुरले परिमार्जन सहित संविधान संसोधन प्रस्ताव परित भए मधेशी मोर्चा निर्वाचनमा सहभागी हुन तयार रहेको बताएका छन् ।
तराई मधेश लोकतान्त्रीक पार्टी जिल्ला कार्य समिति मोरङले विराटनगरमा आज विहान गरेको पत्रकार सम्मेलनमा वोल्दै उनले मधेशी मोर्चा निर्वाचनको विरोधी नभएको भन्दै निर्वाचनका लागी आफुहरुसंग भएको सम्झौता कार्यान्वयन हुनु पर्ने बताए ।
अध्यक्ष ठाकुरले संविधान संशोधनका विषयमा दलहरु विच सैदान्तिक सहमती भए पनी अहिलेसम्म ठोस सहमती भने हुन नसकेको वताए ।
उनले सिमांकनलाई थाती राखेर निर्वाचनमा भाग लिन नसकिने वताए । निर्वाचनमा सवैको सहभागिता गराउन संविधान संसोधन आवश्यक रहेको उनको भनाई थियो ।
अध्यक्ष ठाकुरले निर्वाचन स्थगित गरेर मोर्चासंग भएको सम्झौता कार्यान्वयन पछी निर्वाचनमा जादा हिमाल पहाड तराई मधेश सवैको निर्वाचनमा सहभागि हुने र निर्वाचनले सार्थकता पाउने दावी गरे ।