AArya
RUMPUM
animated ellipse animated ellipse

हिमालय ट्यालेन्ट हन्टको क्वाटरफाईनल राउण्ड सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ चैत्र २०७३, शुक्रबार १४:२९
3
Shares
विराटनगर, ११ चैत / विराटनगरमा ९ मा रहेको हिमालय दर्शन कलेजमा ‘हिमालयन ट्यालेन्ट हन्ट प्रतियोगिताको क्वाटरफाइनर राउण्ड आज शुक्रबार सम्पन्न भएको छ ।
कलेजमा अध्ययरत विद्यार्थीहरुको बहुप्रतिभा खोजी गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको ‘हिमालयन ट्यालेन्ट हन्ट प्रतियोगिताको क्वाटरफाइनर राउण्डबाट छनौट भई २५ जना सेमिफाइनल राउण्डमा प्रवेश गरेका कलेज प्रमुख भरत सापकोटाले जानकारी दिए ।
कलेज परिसरमा भएको क्वाटरफाइनल राउण्डमा अडिसनबाट छनौट भएका ५३ जना सहभागि रहेको कलेजले जनाएको छ ।
प्रतियोगिताको सेमिफाइन चरणको अडिसन चैत १८ गते कलेज परिसरमा हुने छ ।
प्रतियोगिताको निर्णायकहरुमा गायक दिपेन थापा, नृत्य निर्देशक समिक्षा कार्कीे, पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कूलका प्रिन्सिपल अर्जुन श्रेष्ठ र झोराहाट नाटक घरका अध्यक्ष भरत गुरागाईलगायत रहेका थिए ।
प्रतियोगितामा विद्यार्थीहरुले गायन, नृत्य, क्यारिकेचर, कविता र नाटकलगायतको आफुनो प्रतिभा प्रस्तुत  गरेका थिए ।
कार्यक्रमको सम्योजन सम्तक संगित कला केन्द्रका अध्यक्ष सुमन श्रेष्ठले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर