उर्लाबारी, ९ चैत्र / सामाजिक उत्तरदायित्व अन्तरगत मोरङको उर्लाबारीका आठ जनाले नमूना बाल गृहलाई २ लाख रुपैयाँ बराबरको धान सहयोग गरेका छन् ।
उर्लाबारी–७ मा रहेको महिला विकास तथा बालबालिका चेतना केन्द्र उर्लाबारीद्वारा सञ्चालित नमूना बाल गृह (बाल आश्रम)लाई सो सहयोग गरिएकोे हो । टंक काफ्ले, केशब सुबेदी, प्रकाश बस्नेत, केदार भण्डारी र बिद्या कुटि पुस्तकले विगत तीन बर्षदेखि निरन्तर रुपमा गृहलाई सहयोग गर्दै आएका थिए ।
यस बर्षदेखि जीवन महतो, रविनकुमार श्रेष्ठ र आनन्द फागोले पनि गृहलाई सहयोग गर्न सुरु गरेका हुन् । आठ जनाको उक्त समूहले प्रतिब्यक्ति २५ हजार रुपैयाँ उठाएर कुल दुई लाख रुपैयाँ बराबरको २ सय मन धान गृहलाई सहयोग गरेका हुन् ।
गृह सञ्चालनमा सहजता ल्याउनका लागि उक्त सहयोग गरिएको संयोजक टंक काफ्लेले बताएए । गृहकी अध्यक्ष मिनादेबी बरालले बाल गृह संचालनका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताएकी छन् । गृहमा ४५ जना बालबालिकाहरु आश्रित रहेका छन् ।