AArya
RUMPUM
animated ellipse animated ellipse

स्थानिय निकायको निर्वाचनमा मधेशी मोर्चालाई समेटेर लैजानु पर्छ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ चैत्र २०७३, मंगलवार १८:४८
3
Shares
फाइल तस्वीर
विराटनगर, ८ चैत / नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले एमालेको उग्रराष्ट्रवाद र मधेशीमोर्चाको जातियवादका कारण मुलुक राजनितिक मुठभेडतर्फ उन्मुख हुदै गएको वताएका छन् ।
मोरङको गोविन्दपुरमा आज आयोजित नेपाल ट्रेड युनियनसंग आवद्ध नेपाल कृषि श्रमिकको छैठौं जिल्ला भेलालाई सम्वोधन गर्दै उनले स्थानिय निकायको निर्वाचनमा मधेशीमोर्चा र मधेशीजनतालाई पनि समेटेर लैजानु पर्ने बताए । उनले नेपाली कांग्रेस सवैभन्दा ठूलोपार्टी भएकाले मधेशी मोर्चालाई पनि समेटेर लैजाने जिम्मेवारी कांग्रेसको भएको वताए ।
दुई नम्वर प्रदेशमा स्थानिय निकायको निर्वाचनको वातावरण बनाउन मधेशी मोर्चाले उठाएको मागलाई सम्वोधन गर्दे जानुपर्ने उनले बताए । अरु तिर स्थानिय निकायको निर्वाचन गरेर दुइ नम्वर प्रदेशमा निर्वाचन नर्गर्ने हो भने मुलुक विखण्डन तिर जान सक्ने भएकाले त्यसतर्फ दलहरु सचेत हुनु पर्ने उनको भनाई थियो । निर्वाचनको विकल्प नभएको भन्दै नेता कोइरालाले निर्वाचन अघि पुरा गर्न सकिने मागलाई पुरा गर्दै जाने र सिमांकंनका विषयलाई शक्तिसाली आयोग वनाएर सम्वोधन गर्दै जानु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर