विराटनगर,६ चैत / बंगलादेशले टेष्ट मान्यता पाएयताको १ सयऔं टेष्टमा श्रीलंकामाथि ४ विकेटको प्रभावशाली जित हासिल गरेको छ ।
जितसँगै बंगलादेशले तीन टेष्टको शृङखलामा १–१ को बराबरी पनि गरेको छ । श्रीलंकालाई बंगलादेशले पहिलो पटक टष्टमा पराजित गरेको हो ।
तेस्रो टेष्ट बुधबारदेखि सुरु हुनेछ । बंगलादेशले टेष्ट मान्यता सन् २००० मा पाएको थियो ।
कोलम्बोमा भएको दोस्रो टेष्टको पाँचौं दिन श्रीलंकाले दिएको १ सय ९१ रनको लक्ष्य बंगलादेशले ६ विकेट गुमाएर पूरा गर्यो । उसका लागि ओपनर तमिम इक्वालले ८२ तथा सविर रहमानले ४१ रनको योगदान गरे । कप्तान मुसफिक्वर रहीम २२ रनमा अविजित रहे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टाली श्रीलंकाले पहिलो इनिङमा ३ सय ३८ रन बनाएको थियो । जस्मा चण्डिमालले १ सय ३८ रन जोडे । बंगलादेशका मेहदी शसनले ३ तथा सकिव अल हसन, मुस्ताफिजुर रहमान र सुवासिस राँयले २–२ विकेट लिएका थिए ।
पहिलो इनिङमा बंगलादेशले ४ सय ६७ रन बनाउँदै १ सय २९ रनको अग्रता लिएको थियो । जस्मा सकिव अल हसनले १ ुय १६ रनको शतकीय पारी खेलेका थिए । सौम्य सरकार, सकिव अल हसन तथा डेब्यु गरेका मोसादेक हुसेनले तथा कप्तान मुसाफिक्वर रहमानले अर्धशतक प्रहार गरेका थिए ।
१ सय २९ रनले पछि परेर दोस्रो इनिङ सुरु गरेको श्रीलंकाले ३ सय १९ रन बनाउँदै बंगलादेशलाई १ सय ९१ रनको सामान्य लक्ष्य पेश गरेको थियो । उसका लागि ओपनर कुरुनारत्नेबमे १ सय २६ रनको शतकीय पारी खेलेका थिए ।