RUMPUM
animated ellipse animated ellipse

भारतको विभिन्न बालगृहमा रहेका ३३ जना बालबालिकाको उद्दार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ चैत्र २०७३, शनिबार १९:१४
3
Shares
विराटनगर , ५ चैत / सरकारले भारतको विहारस्थित विभिन्न बालगृहमा रहेका ३३ जना बालबालिकाको उद्दार गरेको छ ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयअन्तर्गतको केन्द्रीय बाल कल्याण समितिको पहलमा भारतको विहारस्थित ४ वटा बालगृहमा रहेका ३३ जना बालबालिकाको उद्दार गरिएको हो ।
भारतीय प्रहरीले दिएको जानकारी र पीडित पक्षको उजुरीको आधारमा विहारको बालगृहमा रहेका ३३ जना बालबालिकाको उद्दार गरिएको केन्द्रिय बाल कल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले जानकारी दिए । भारतले हाल सडक बालबालिकाको पहिचान गरी सम्बन्धित पक्षलाई बुझाउने अभियानलाई तीव्रता दिएको छ ।
सोही क्रममा भेटिएका नेपाली बालबालिकाहरुलाई विहार प्रहरीले बालगृहमा राखि केन्द्रीय बाल कल्याण समितिलाई उद्दारका लागि पत्राचार गरेको हो । उद्दार गरिएका बालबालिकाहरु श्रम गर्न गएका, विभिन्न प्रलोभनमा परी गएका, कतिपय गुम्बा र मदरसामा रहेका बालबालिका पनि रहेका समितिका कार्यकारी निर्देशक धितालले जानकारी दिए । उद्दार गरिएका अधिकांश बालबालिका १० देखि १४ वर्ष उमेर समूहका रहेका छन् ।
चैत १ गते भारतको विहार राज्य पुगेको समितिको टोलीले तीन दिनभित्र मुजफ्फपुर र दरभंगामा रहेका ४ वटा बालगृहमा ती बालबालिकाहरुको उद्दार गरेको हो । भारतमा उद्दार गरि ल्याइएका ३३ जना बालबालिकालाई समितिको हरिहरभवनस्थित केन्द्रीय कार्यालयमै राखिएको छ ।
उद्दार गरिएका बालबालिकाहरुलाई सम्बन्धित परिवारलाई बुझाउने काम पनि सुरु गरिएको समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर