RUMPUM
animated ellipse animated ellipse

वैष्णवी मन्दिरमा श्रीमद्ध भागवत पुराण हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ चैत्र २०७३, शनिबार १८:४३
3
Shares
तस्वीर -प्रेम लुङ्गा
विराटनगर ५ चैत्र / विराटनगर–१६ स्थित दरहैयामा रहेको विश्व विराटेश्वरी धाम वैष्णवी मन्दिरमा श्रीमद्ध भागवत पुराण ज्ञान महायज्ञ तथा रुद्र चण्डी, नवाहा विश्व शान्ती १ सय ८ महाशक्ति यज्ञ हुने भएको छ ।
विश्व विराटेश्वरी भजन समुहको आयोजनामा चैत–१५ गतेदेखि २३ गतेसम्म पुराण हुन लागेको हो । आयोजक समितिले मन्दिर परिसरमा आज पत्रकार सम्मेलन गरी मन्दिरको थप व्यवस्थापनका लागी पुराण आयोजना गर्न लागेको बताइएको छ ।

पुराणवाट २५ लाख रुपैया संकल नगर्ने लक्ष्य रहेको सो रकमा मन्दिर व्यवस्थापनमा खर्च गरिने महायज्ञ सम्पादन कार्यकारिणी व्यवस्थापन समितिका अध्यक्ष एंव सल्लाहाकार आनन्द गुरु महाराजले वताए ।
उनका अनुुसार चैत–१५ गते विहान ९ वजे मन्दिर प्राङ्गनवाट भागवत संकिर्तन शंखध्वनी झाँकी सहितको कलश शोभा यात्रा निकालिने छ ।

यसैगरी प्रत्येक दिन १६ गते देखि २३ गते रामनवमी सम्म विहान ७ वजेदेखि रुद्र चण्डी गोपाल सहस्रनामा भागवत पाठ परायण साथै स्वस्ती सान्ती तथा हवन साथै कथा प्रवचन हुने छ ।

पुराणमा पण्डित लोमस सरण उपाध्याय घिमिरेले कथा वाचन गर्र्ने छन् । विश्व विराटेश्वरी भजन समुहमा २६ जना अमाहरुको सहभागिता रहेको छ । आमा समुहको सक्रियतामा मन्दिरमा पुराण हुन लागेको समुहकी अध्यक्ष तुलसा माताले वताइन् । २०५८ सालमा मन्दिर स्थापना भएको हो ।

चैते दशै र मुख्य दशैमा सो मन्दिरमा महायज्ञ तथा महापुराणको आयोजना हुने गर्दछ । विगत १३ वर्षदेखि मन्दीर व्यवस्थापन समितिले चैते दशै तथा रामनवमीको अवसरमा पारेर पुराणको आयोजना गर्दै आएको व्यवस्थापन अध्यक्ष आनन्द गुरु महाराजले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर