विराटनगर, ५ चैत / नेपाल क्षयरोग निवारण संस्थाको १० औं केन्द्रीय महाधिवेशनबाट देवेन्द्रबहादुर प्रधान निर्विरोध अध्यक्षमा चयन भएक छन् ।
विराटनगरमा आज शनिबार सम्पन्न भएको महाधिवेशनबाट प्रधान पुन अध्यक्ष चयन भएका हुन् ।
प्रधानको नेतृत्वमा १६ कार्य समिति विजय भएका छन् । १६ कार्यसमितिका लागि २५ जनाले उमेद्वार दिएका थिए । विजयी हुनेमा अम्बिकाप्रसाद उपाध्य, अरुणप्रताप राणा, ईन्द्रप्रसाद श्रेष्ठ, किरणमान प्रधान, गोपाल श्रेष्ठ, नारायणप्रसाद श्रेष्ठ, बसन्तकुमार नेपाल, वेदप्रसाद काजु, विजयानन्द झा, मदनकाजी श्रेष्ठ, मदन गोपाल मैनाली, राधादेवी मास्के, राजकिशोर पैसाद यादव, सुदर्शनबहादुर शाक्य, प्रेमराज शाक्य र हिरादेवी हर्मा विजयी भएका छन् । उनीहरुको कार्यकाल ४ बर्षको हुने छ ।
विजयी भएकामध्यबाट २ जना उपाध्यक्ष, १ महासचिव, १ सह–सचिव, १ कोषाध्यक्ष र १ सह–कोषाध्यक्ष चयन हुने मोरङका अधयक्ष राजन श्रेष्ठले जानकारी दिए ।
शुक्रबारदेखि सुरु भएको केन्द्रीय महाधिवेशनमा ३८ जिल्लाका प्रतिनिधि सहभागि हुने भनिएपनि ३३ जिल्लाबाट १ सय १९ प्रतिनिधी सहभागी रहेका प्रचार प्रसार उपसमितिका संयोजक डा.सन्देशदास श्रेष्ठले जानकारी दिनुभयो ।
सहभागी जिल्लाबाट ३÷३ जना र केन्द्री समितिका १९ जना प्रतिनिधी सहभागि रहेका थिए । ‘क्षयरोग अन्त्यका लागि सबैं संगठित होऔं’ भन्ने नारालाई साकार पार्नका लागि भएको केन्द्रीय महाधिवेशन मोरङ जिल्लाको आतिथ्यमा सम्पन्न भएको नेपाल क्षयरोग निवारण संस्था मोरङका सचिव भैरव क्षेत्रीले बताए।