AArya
RUMPUM
animated ellipse animated ellipse

मंगोलियामा हुने ११ औं एसियाली आईटीएफ तेक्वान्दोमा नेपालको प्रतिनिधित्व गर्नै कार्कीलाई विदाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ श्रावण २०८३, बिहीबार १८:०३
117
Shares
विराटनगर / मंगोलियामा आयोजना हुन लागेको ११ औं एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालले आफ्नो प्रतिनिधित्व जनाउने भएको छ ।

आगामी अगस्त ३ देखि ९ तारिखसम्म (साउन १८ देखि २४ गते) सञ्चालन हुने उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नेपालबाट तीन सदस्यीय टोली मंगोलिया प्रस्थान गर्न लागेको हो ।

आज विराटनगरमा आयोजित एक कार्यक्रमका बीच कोशी प्रदेश खेलकुद विकास बोर्डले प्रतियोगितामा सहभागी हुने टोलीलाई बिदाई तथा शुभकामना व्यक्त गरेको छ । बोर्डका सदस्य सचिव विप्लव घोषले सहभागी खेलाडी तथा पदाधिकारीहरूलाई खादा ओढाएर सफल प्रतियोगिताको शुभकामना दिँदै बिदाई गरे ।

नेपालको तर्फबाट प्रतियोगितामा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रविण कुमार कार्की, महासचिव गमबहादुर थापा मगर र खेलाडी शेखर थापा सहभागी हुनेछन् । टोली भोलि बिहान ९ बजे विराटनगरबाट काठमाडौं प्रस्थान गर्ने र त्यसपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले औपचारिक बिदाई गरेपश्चात् आइतबार मंगोलियातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

कुल सात दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा खेलकुदका साथै विभिन्न प्राविधिक सत्रहरू पनि आयोजना हुने महासंघका अध्यक्ष प्रविणकुमार कार्कीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको पहिलो दिन अम्पायरहरूका लागि सेमिनार कोर्स सञ्चालन हुनेछ भने सोही दिन साँझ एसियन आईटीएफ तेक्वान्दो फेडेरेसनको कंग्रेस अधिवेशन समेत आयोजना गरिनेछ । प्रतियोगिताको औपचारिक उद्घाटन भने अगस्त ३ तारिखमा हुनेछ ।
नेपाली टोलीले यसपटकको एसियाली प्रतियोगितामा पदक जित्ने लक्ष्यसहित तयारी गरेको र अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान थप उच्च बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर