AArya
RUMPUM
animated ellipse animated ellipse

हिमालय कलेजमा हिमालय ट्यालेन्ट हन्ट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ चैत्र २०७३, शुक्रबार १६:०१
3
Shares
विराटनगर, ४ चैत / विराटनगरमा रहेको हिमालय दर्शन कलेजमा ‘हिमालयन ट्यालेन्ट हन्ट प्रतियोगिता आयोजना गरेको छ ।
कलेजमा अध्ययरत विद्यार्थीहरुको बहुप्रतिभा खोजी गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको कलेज प्रमुख भरत सापकोटाले जानकारी दिए ।
कलेज परिसरमा आज भएको अडिसनबाट ५३ जना छनौट भएको कलेजले जनाएको छ । प्रतियोगिताको दोस्रो चरणको अडिसन चैत ११ गते कलेज परिसरमा हुने बताइएको छ ।
प्रतियोगिताको निर्णायकहरुमा गायक सुमन श्रेष्ठ, दिपेन थापा, नृत्य निर्देशक समिक्षा कार्कीे, दिपेन्द्र थापा, पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कूलका प्रिन्सिपल अर्जुन श्रेष्ठलगायत रहनुभएको थियो । प्रतियोगितामा विद्यार्थीहरुले गायन, नृत्य, क्यारिकेचर, कवितालगायतको आफुनो प्रतिभा प्रस्तुत गर्न पाउछन् । उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने विद्यार्थीलाई फानलको लागि छनौट हुनेछन् । प्रतियोगिताको विजेता हुनेले नगद पुरस्कार,ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर