खबर पूर्वाञ्चल
४ चैत्र २०७३, शुक्रबार ०८:१४
विराटनगर, ४ चैत / मोरङको टंकिसिनुवारी स्थित म्याजिक चप्पल कारखानामा भीषण आगलागी भएको छ ।
शुक्रबार बिहान ४ बजेतिर लागेको आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले बताएको छ । निकै ठुलो आगो लागेको हुनाले अझै आगो नियन्त्रणमा नआएको मोरङ प्रहरीले जानकारी दिएको छ । आगलागी नियन्त्रणमा लिन विराटनगर, सुनसरीको इटहरी, इनरुवा र धरानबाट समेत दमकल आएका छन् । आगलागी भएको स्थानमा ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी , नेपाली सेना र स्थानीयवासी खटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बिजुली सर्ट भएर आगलागी भएको हो कि भन्ने अनुमान गरिएको छ । तर, आगलागीको कारण अझै खुलिसकेको छैन । आगलागीबाट करोडौं रुपैयाँ बराबरको क्षति भएको बताइएको छ । पछिल्लो समय नेपाली स्वदेशी उत्पादन म्याजिक चप्पल निकै लोकप्रिय बनेको छ । यसले आफ्नो बजार निकै राम्रो विस्तार पनि गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?