AArya
RUMPUM
animated ellipse animated ellipse

कोशीहरैचा नगरपालिका सार्न खोजेको भन्दै स्थानियबासी आन्दोलित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ चैत्र २०७३, बिहीबार १८:४९
3
Shares
विराटनगर, ३ चैत / विभिन्न राजनैतिक दलमा आवद्ध भूमाफियाहरुले मोरङको कोशीहरैचा नगरपालिका साविकको ठाउँदेखि सलकपुरमा सार्न खोजेको भन्दै स्थानियबासी आन्दोलित भएका छन् ।

राजपत्रमै कोशीहरैचा नगरपालिका साविकको ठाउँमा रहने गरी विराटचोकमा कार्यालय तोकिएको छ । तर, भूमाफियाहरुले जग्गाको भाउ बढाउने मनसायले पूर्वाधार विना सलकपुरमा रहेको भुल्के बचत ऋण सहकारी संस्थाको भवनमा सार्न खोजेको भन्दै उनीहरु आन्दोलित भएका हुन ।

कोशीहरैचा नगरपालिकाका स्थानियबासीले आज बिहीबार जिल्ला समन्वय समितिको कार्यालय मोरङ मार्फत स्थानिय विकास मन्त्रालयमा राजपत्रमा उल्लेख भएको ठाउँमा नगरपालिकाको कार्यालय राख्नुपर्ने माग राख्दै ज्ञपानपत्र बुझाएका छन् ।

स्थानियले जिल्ला समन्वय समिति मोरङका संयोजक शोभाखर रेग्मीमार्फत स्थानियबासीले हस्ताक्षरसहितको ज्ञापनपत्र मन्त्रालय पढाएका हुन । जिल्ला समन्वय समितिको कार्यालय मोरङका संयोजक रेग्मीले राजपत्रमै कोशीहरैचा नगरपालिको कार्यालय साविकको ठाउँमा रहने भनेर प्रकाशित भइसकेको हुनाले यसलाई कसैले सार्न नसक्ने बताए । ‘तपाईहरु ठुक्क भएर जानुहोस यो कसैले सार्न सक्दैनन रेग्मलिे भने । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर