AArya
RUMPUM
animated ellipse animated ellipse

हात्तिपाइले रोग सम्बन्धि गोष्ठि

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ चैत्र २०७३, मंगलवार १७:५४
3
Shares
उर्लाबारी, १ चैत्र /अगामी चैत १७ देखि १९ गते सम्म हुन गइरहेको हात्तिपाइले रोग विरुद्धको औषधी वितरण कार्यक्रमलाई लक्षित गरी मंगलबारे अस्पतालले रोग सम्बन्धि एक दिने गोष्ठिको आयोजना गरेको छ ।
उर्लाबारी नगर क्षेत्रका विद्यालयका प्रतिनिधि तथा पत्रकारहरलाई लक्षित गरी अस्पतालले पहिलो चरणको कार्यक्रम सम्पन्न गरेको छ । मंगलबारे अस्पतालका प्रमुख डा.त्रिभुवन चन्द्र झाले गोष्ठिमा सहजीकरण गरेका थिए । उनले सहभागीहरुलाई हात्तिपाइले रोग र सर्ने तरिका,रोगको नेपाल प्रभाव,औषधी वितरण कार्यक्रम,रोगका लक्षण लगायत हात्तिपाइले रोग सम्बन्धिका सम्पूर्ण जानकारी गराएका थिए ।
कार्यक्रममा सहभागीहरुलाई अस्पतालले हात्तिपाइले रोग चिन्ने कार्ड र हात्तिपाइले रोग निवारण कार्यक्रम अन्तगर्तको ूस्वास्थ्य स्वयंसेवकहरुको लागि तालिम तथा कार्यक्रम सञ्चालन निर्देशिका समेत वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर