AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा आदिवासीको सिठी जुलुस

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ चैत्र २०७३, मंगलवार १७:२७
3
Shares
तस्वीर- प्रेम लुङ्गा
विराटनगर १ चैत्र / आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानलाई खारेजी गर्ने प्रक्रियाको विरोध गर्दै आज मंगलबार सिठी जुलुस निकालिएको छ ।
परिमार्जन सहित संविधान संशोधनको माग गर्दै नेपाल आदीवासी जनजाती महासंघ मोरङ र नगर परिषद्ले सयुक्त रुपमा विराटनगरमा सिटी जुलुस निकालिएको हो ।
महासंघले आदिवासीको हक अधिकारका लागी परिमार्जन सहितको संविधान संसोधन गर्न समेत माग गरेका छन । विराटनगरको संन्सारी माईस्थानबाट निकालिएको सिटी जुलुस ट्राफिक चोक हुदै वडा प्रहरी कार्यलयबाट जिल्ला प्रसाशनको गेटमा पुगेर केही समय सिटी बजाउदै कोणमा सभामा परिणत भएको थियो ।
पाँच वुदे माग सहित उनीहरुले आदिवासी जनजातीहरुको ऐतिहासिक थलो किटानगरी विशेष स्वायत र सुरक्षित क्षेत्रको निर्धारण, स्थानिय तह अन्र्तगत गांउपालिका तथा नगरपालिकामा आदिवासीहरुको थलोको किटागर्न तथा सयुक्त राष्ट्रसंघको घोषणापत्र अनुसार आफनो अधिकार शुनिश्चितगर्न माग गरेका छन ।

आदीवासी जनजाती महासंघले आफुहरुसंग २०६४ साल साउन २२ गते गरिएको २० वुदेमाग तथा २०६९ साल जेठ ९ गते भएको ९ वुदे सहमती सम्झौता मध्ये कार्यान्वय हुन बाकि रहेका विषयलाई संविधानमा संशोधन गर्न समेत माग गरेको छ ।
आदीवासी जनजाती महासंघका मोरङ अध्यक्ष मिलनकुमार राईको नेतृत्वमा केही बेर नारावाजी सहित प्रर्दशन गरेका थिए ।
यसैविच आगामी चैत्र १२ गते जिल्ला सदरमुकाम तथा नगरपालीकामा बृहत मानव साङ्लो गर्ने नगर अध्यक्ष सुरेसप्रसाद सिह गनगाईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर