विराटनगर, ३० फागुन / मोरङका पत्रकारहरुले होलीको अवसरमा सुभकामना आदान प्रदान गरेका छन् ।
नेपाल पत्रकार महासंघ मोरङको आयोजनामा पत्रकार महासंघको प्राङ्गमा होलीको सुभकामना आदानप्रदान गरिएको हो । होलीको अवसरमा पत्रकार महासंघ मोरङ शाखामा आवद्ध विराटनगरका पत्रकारहरुले एकआपसमा रंग लगाएर होलीको शुभकामना आदान प्रदान गरेका हुन् । पत्रकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।
बर्षदिनभरी समाचार संकलनमा व्यस्त रहने पत्रकारहरु आज भने सद्भावपूर्ण होली खेली रमाएका छन् । होलीलाई विकृति रहित बनाउ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको पत्रकार महासंघ मोरङका कार्यबहाक अध्यक्ष कुमोद अधिकारीले बताए ।
त्यसैगरी नेपाल पत्रकार महासंघ पथरीशनिश्चरे सम्पर्क कार्यालय र आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को संयुक्त आयोजनामा भएको कार्यक्रममा रंग दलेर उत्तरपूर्वी मोरङका पत्रकारबीचको सद्भावलाई कसिलो बनाउने उदेश्यले होली मिलन कार्यक्रमको आयोजना गरिएको थियोे । त्यस्तै, स्थानीय रेडियो सिम्रिकले पनि साँस्कृतिक कार्यक्रमसहित होलीको सद्भाव बाँडेको थियो ।