AArya
RUMPUM
animated ellipse animated ellipse

श्रीमती बचाउन गुहार माग्दै राष्ट्रिय गायक गुरुङ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ फाल्गुन २०७३, आईतवार २०:०९
3
Shares
विराटनगर, २९ फागुन / कुनै बेलाको चर्चित गित ‘जीवन हाम्रो संग्लो पानी हो’ का गायक विनोद गुरुङ यतीबेला ठूलो आर्थिक संकटमा छन् ।
आफ्नो जीवन संगितमा समर्पण गरेका गायक गुरुङ श्रीमतीको उपचार खर्च जुटाउन नसकेर संकटमा परेका हुन ।
आर्थिक अभावका कारण जीवन संगिनिको उपचार खर्च जुटाउन गायक गुरुङ यति बेला चोक चोकमा दौडधुप गरिरहेका छन् । आफुले गाएक गितिको सिडी बेच्दै उनी श्रीमती रिताको उपचारकालागि खर्च जुटाईरहेका छन् ।
आफनो जीवन भर संगित क्षेत्रमा कमाएको प्रतिष्ठलाई श्रीमती रिताको उपचारका लागि बेचिरहेको उनी बताउछन् । उनले गाएको गितको सिडी बिक्री गर्ने कुनै मुल्य राखेका छैनन । उनी भन्छन ‘ क्यान्सर पिडित विरामी श्रीमतीको उपचारमा सहयोग माग्दै सिडी बेच्दैछु । सिडीको मुल्य यती नै भनेर राखेको छैन ।’
उनले चोक चोकमा संगितिक कार्यक्रम समेत गर्दै उपचार खर्च जुटाईरहेका छन् । श्रीमतीको उपचारकालागि रकम जुटाउनु गुरुङ विराटनगरका शिक्षण संस्थामा समेत पुग्ने गरेका छन् ।
संगितिक क्षेत्रको माध्ययमबाट देशलाई जोडने काम गरेका गुरुङ आफुलाई राज्यले कुनै सहयोग नगरेको उनको गुनासो छ । ‘राजनीतिक दलका नेताहरुलाई राज्यले सहयोग गर्छ’,उनी भन्छन‘ मलाई राज्यले कुनै सहयोग गरेन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर