AArya
RUMPUM
animated ellipse animated ellipse

फोहोरको सहर बन्दै उर्लाबारी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ फाल्गुन २०७३, शनिबार १९:४८
3
Shares
उर्लाबारीको मुख्य चोकमा थुप्रिएको फोहोर । तस्विर/गोविन्द ।
गोविन्द पोखरेल
उर्लाबारी, २८ फागुन / नगर क्षेत्रको फोहोर विर्सजन हुन छाडेपछि उर्लाबारी नगरी यतिबेला ‘फोहोरको सहर’बन्दै गएको छ ।
नगर क्षेत्रको फोहोर व्यवस्थापनको जिम्मा पाएको मेचीमहाकाली इन्भारोन्मेन्ट केयर प्रालिले विर्सजन स्थल तथा सुरक्षाको माग राख्दै गत बुधबारदेखि नगर क्षेत्रको फोहोर उठाउन छाडेपछि समस्या सृजना भएको हो ।
कम्पनीका उर्लाबारी प्रबन्धक नेत्र घिमिरेका अनुसार नगरपालिकासँग पटक–पटक फोहोर विर्सजन स्थल देखाउन आग्रह गरेपनि कार्यकारी अधिकृत सुरेन्द्र थापामगरले कुनै ‘रेस्पोन्स’नदिएको बताउँछन् ।
चोक क्षेत्रमा थुपारिएको फोहोर र यसको व्यवस्थापनको विषयलाई लिएर कार्यकारी अधिकृत मगरलाई पटकपटक फोन गर्दा उनले कुनै फोन नउठाएको घिमिरेको गुनासो छ । उनले भने–‘कार्यकारी अधिकृत फोहोर व्यवस्थापनको विषयलाई लिएर पन्छिन खोज्दै हुनुहुन्छ । ’
दैनिक ६ टन फोहोर निस्कने उर्लाबारीमा ४ दिनयता फोहोर उठेको छैन । चोक क्षेत्रमा फोहोरका ढंगुरहरु थुपारिएका छन् । बरगाछी तथा हाटखोला सडक पेटीमा छरपस्ट फोहोर तथा डंगुरले स्थानीय तथा पैदलयात्रीहरुलाई सास्ती दिएको छ । फोहोरका कारण विविध समस्याहरु आउदा समेत नगरपालिका रमिते भएर बसेको स्थानीयवासीले आरोप लगाएका छन् । जसका कारण दुर्गन्ध समेत पैmलिन थालेको स्थानीय विनोद साहले बताए ।
अस्पतालको फोहोर पनि उठेन
dump in chowk and hospital (1)फाहोर व्यवस्थापनको सवालमा सबैभन्दा जटिल तथा महत्वपूर्ण पाटो अस्पतालबाट निस्किने फोहोर हो । रोगी तथा विरामीहरुले प्रयोग गरिएका गज, मास्क, ग्लोब्स तथा शल्यक्रियामा प्रयोग गरिने सामाग्रीहरु अस्पतालबाट निस्किने गरेका छन् । चोक क्षेत्रमा रहेका अस्पतालका फोहोरका डंगुरहरु छरपस्ट छरिरहदा उर्लाबारी नगरपालिकाले व्यवस्थापनको सवालमा कुनै चासो नदेखाउदा सर्वसाधारणमा विभिन्न किसिमका सरुवा रोगहरु सर्ने सम्भावना बढेको छ ।
शुक्रबार आएको हावाहुरीका कारण अस्पताल तथा अन्य विभिन्न क्षेत्रका फोहोरहरु उर्लाबारी नगर क्षेत्रमा छरपस्ट भइरहदा सर्वसाधरणको स्वास्थ्यमा प्रतिकूल असर पर्ने चिकित्सकहरु बताउछन् । उर्लाबारीका प्रायःजसो अस्पतालहरुबाट निस्किएका फोहोरको उचित व्यवस्थापन नभएको पाइएको छ ।
साविक उर्लाबारी–३(हाल वडा नम्बर ६)स्थित मावा खोलाको बगरमा नगर क्षेत्रको फोहोर विर्सजित हुदै आएको थियो । स्थानीयको अवरोध तथा नगरपालिकाको गाडि तोडफोड भएपछि त्यस क्षेत्रमा फोहोर विर्सजन हुन नसक्दा यतिबेला उर्लाबारीको फोहोर सडकमै थुपारिएका छन् । सिमसारको शहर भनेर चिनिएको उर्लाबारी यतिबेला ‘फोहोरको सहर’बन्दै गइरहँदा सरोकारवालाहरु मौन बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर